कोरोना भाइरसबाट नआत्तिन मुख्यमन्त्री पौडेलको आग्रह « Khabarhub

कोरोना भाइरसबाट नआत्तिन मुख्यमन्त्री पौडेलको आग्रह


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस (कोभिड–१९) बाट सर्वसाधारण नागरिकलाई नआत्तिन आग्रह गरेका छन् ।

उनले संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा कोरोना भाइरसको नियन्त्रणका लागि प्रदेश सरकारले अपनाउनुपर्ने मापदण्डको आज समीक्षा गर्न बसेको संयुक्त बैठकलाई उक्त निर्देशन दिएका हुन् ।

उनले प्रदेश सरकारले संघीय सरकार र स्थानीय निकायबीच समन्वय तथा सहकार्य गरी भाइरस नियन्त्रणका लागि अपनाउनुपर्ने मापदण्डलाई कार्यान्वयन गर्न तत्पर हुनुपर्ने बताए ।

उनले सञ्चारकर्मीले जनताप्रति उत्तरदायित्व बहन गर्दै कोरोना भाइरस प्रभावितको समाचार सम्प्रेषण गर्दा सबै नागरिकलाई भयभित र डरत्रासबाट मुक्त तुल्याई तत्काल बिरामीलाई असहज महसुस भए स्वास्थ्य उपचार संस्थामा जान प्रेरित गर्नुपर्ने बताए ।

सो अवसरमा सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश सरकारले १३ जिल्लामा आपतकालीन स्वास्थ्य उपचारका लागि ५० श्ययाको छुट्टाछुट्टै उपचार कक्षको स्थापना गर्ने र बिरामीको अवस्थालाई सामान्वयरुपमा राख्दै तत्काल हेल्थ डेस्कमा सम्पर्कमा रहन स्वास्थ्यकर्मी परिचालन गरिएको उल्लेख गरे ।

उनले सर्वसाधारणलाई स्थानीय निकाय र प्रदेश सरकारले समन्वय गरेर जनचेतनामार्फत घरदैलोमा सरसफाइ गर्ने तथा सम्बन्धित परिवारले प्रत्यक्ष पशुपक्षीको सम्पर्कमा नरहने र साबुन पानीले नियमित हात धुने व्यावहारिक ज्ञान दिन सकेको खण्डमा भाइरस रोगको प्रकोप बढ्न नसक्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका क्षेत्रीय निर्देशक महम्मद दाउतले संघीय सरकारले सातै प्रदेशमा हेल्थ डेस्क र क्वारेन्टाइनको व्यवस्था गर्न लागेकाले सम्बन्धित प्रदेश सरकारले पनि उक्त रोकथामका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १० : ४५ बजे

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका