उपराष्ट्रपतिद्वारा सार्वजनिक कार्यक्रमहरु स्थगित, निमन्त्रणा नगर्न आग्रह « Khabarhub

उपराष्ट्रपतिद्वारा सार्वजनिक कार्यक्रमहरु स्थगित, निमन्त्रणा नगर्न आग्रह


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले निश्चित भइसकेका सार्वजनिक कार्यक्रमहरु स्थगित गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित प्रकोपलाई दृष्टिगत गर्दै उनले सार्वजनिक कार्यक्रम स्थगित गर्नुका साथै आगामी कार्यक्रमका लागि निमन्त्रणा समेत नगर्न आग्रह गरेका छन् ।

उनले आउँदा दिनका सार्वजनिक कार्यक्रममा पनि सहभागी नहुने भन्दै निम्ता स्वीकार नगर्न निजी सचिवालयलाई निर्देशन दिएका हुन् ।

उपराष्ट्रपति पुनको निर्देशन र कोभिड–१९को सम्भावित प्रकोप रोक्न सरकारले बनाएको योजनालाई दृष्टिगत गर्दै पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगन गरिएको प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।

अब अत्यावश्यक बाहेकका सार्वजनिक कार्यक्रममा उपराष्ट्रपति सहभागी नहुने प्रेस संयोजक घर्ती मगरले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

उपराष्ट्रपति पुनले कोरोनाबारे नआत्तिई सतर्कता अपनाउन समेत अपिल गरेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ८ : ०० बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय