कोरोना संक्रमणको जोखिम रोक्न सरकारले के के कदम चाल्यो ? « Khabarhub

कोरोना संक्रमणको जोखिम रोक्न सरकारले के के कदम चाल्यो ?


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा रहेको बताएसँगै सरकारले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तयारी तीव्र बनाएको छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति गठन भएको छ । कोरोना रोकथामका लागि विभिन्न निर्णयहरु भएका छन् । जसअनुसार विभन्न १२ बुँदा यस्ता छन्-

  • नेपाली नागरिकहरुलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै ‘ट्राभल एड्भाइजरी’ जारी ।
  • भारतको बाटो हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय ।
  • सगरमाथा संवाद सहित नेपाल सरकारले गर्ने विभिन्न कार्यक्रम स्थगित ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलभित्र प्रवेश गर्न उपलब्ध गराउने ‘भिजिटर पास’ वितरण बन्द ।
  • विमानस्थल क्षेत्रभित्र अत्यावश्यक काम नपरेसम्म नआउन सर्वसाधारणलाई आह्वान ।
  • यात्रुलाई ल्याउन र पुर्‍याउन आउने मानिसले समेत अनिवार्य मास्क लगाउनु पर्ने नियम ।
  • खरिपाटी क्वारेन्टाइनलाई निरन्तरता दिइने ।
  • विभिन्न भोज भतेर तथा ठूला जमघट नगर्न आग्रह ।
  • सार्वजनिक स्थानमा भीडभाड कम गर्न आग्रह ।
  • इपीएस भाषा पास गर्ने कामदारलाई तत्काल कोरिया जान रोक ।
  • देशभरका अस्पतालहरुलाई तयारी अवस्थामा निर्देशन ।
  • कोरोना रोकथामको कदम चाल्न भन्दै सर्वोच्चद्धारा अन्तरिम आदेश ।

यसैबीच स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबारे सतर्कता अपनाउने सन्दर्भमा अन्तर्राष्ट्रिय भ्रमण सम्बन्धी ९ बुँदे सूचना जारी गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ९ : ०१ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय