कोरोना संक्रमणको जोखिम रोक्न सरकारले के के कदम चाल्यो ? « Khabarhub

कोरोना संक्रमणको जोखिम रोक्न सरकारले के के कदम चाल्यो ?


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा रहेको बताएसँगै सरकारले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तयारी तीव्र बनाएको छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति गठन भएको छ । कोरोना रोकथामका लागि विभिन्न निर्णयहरु भएका छन् । जसअनुसार विभन्न १२ बुँदा यस्ता छन्-

  • नेपाली नागरिकहरुलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै ‘ट्राभल एड्भाइजरी’ जारी ।
  • भारतको बाटो हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय ।
  • सगरमाथा संवाद सहित नेपाल सरकारले गर्ने विभिन्न कार्यक्रम स्थगित ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलभित्र प्रवेश गर्न उपलब्ध गराउने ‘भिजिटर पास’ वितरण बन्द ।
  • विमानस्थल क्षेत्रभित्र अत्यावश्यक काम नपरेसम्म नआउन सर्वसाधारणलाई आह्वान ।
  • यात्रुलाई ल्याउन र पुर्‍याउन आउने मानिसले समेत अनिवार्य मास्क लगाउनु पर्ने नियम ।
  • खरिपाटी क्वारेन्टाइनलाई निरन्तरता दिइने ।
  • विभिन्न भोज भतेर तथा ठूला जमघट नगर्न आग्रह ।
  • सार्वजनिक स्थानमा भीडभाड कम गर्न आग्रह ।
  • इपीएस भाषा पास गर्ने कामदारलाई तत्काल कोरिया जान रोक ।
  • देशभरका अस्पतालहरुलाई तयारी अवस्थामा निर्देशन ।
  • कोरोना रोकथामको कदम चाल्न भन्दै सर्वोच्चद्धारा अन्तरिम आदेश ।

यसैबीच स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबारे सतर्कता अपनाउने सन्दर्भमा अन्तर्राष्ट्रिय भ्रमण सम्बन्धी ९ बुँदे सूचना जारी गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ९ : ०१ बजे

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका