अदालत व्यवस्थापनबारे प्रशिक्षणमा सर्वोच्चका न्यायिक अधिकारीको सहभागिता  « Khabarhub

अदालत व्यवस्थापनबारे प्रशिक्षणमा सर्वोच्चका न्यायिक अधिकारीको सहभागिता 


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका ३० न्यायिक अधिकारीको पहिलो ब्याचले भारतको जोधपुर शहरस्थित नेशनल ल युनिभर्सिटिमा ७ दिने प्रशिक्षण शुरु गरेका छन् ।

सोमबारबाट उनीहरुले ‘मुद्दा मामिला तथा अदालत व्यवस्थापन’ बारे प्रशिक्षण शुरु गरेका हुन् ।

सर्वोच्च अदालतकै ३० न्यायिक अधिकारीको दोस्रो ब्याचले चैत्र १० देखि १६ गते सम्म सोही विषयमा प्रशिक्षण लिनेछन् । नेपाल सरकारको अनुरोधमा तयार पारिएकोे यो एक विशेष कोर्स हो ।

न्यायालयको प्रशासनमा सूचना र सञ्चार प्रविधिको प्रयोग तथा मुद्दा तथा अदालत व्यवस्थापन सम्बन्धि मामिलालाई प्रभावकारी ढङ्गबाट समाधान गर्न यो कोर्षले अधिकारीहरुको क्षमतालाई अभिवृद्धि गर्ने दाबी गरिएको छ ।

भारत सरकारको पूर्ण सहयोगमा सञ्चालित रहेको यस कोर्स भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो ।

कानून सम्बन्धि सिकाई, बुझाई, अनुसन्धान तथा ज्ञानको विस्तारमा परिचित सो प्रतिष्ठित विश्वविद्यालयमा नेपाली अधिकारीले प्रशिक्षण लिइरहेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ८ : ३४ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय