भारतका प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना « Khabarhub

भारतका प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल शल्यक्रियाको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री माेदीले सन्देश पठाउँदै मिर्गौला सफल प्रत्यारोपणको कामना गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

माेदीको सन्देश नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजय कुमारले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका थिए ।

यसैबीच मोदीले  एक ट्वीट गर्दै प्रधानमन्त्री ओलीलाई सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका हुन् ।

‘मेरा प्रिय साथी केपी शर्मा ओलीजी, तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ भारतीय प्रधानमन्त्री माेदीले लेखेका छन्, ‘भगवान् पशुपतिनाथले सधैँ तपाईंको सुस्वास्थ्य, खुशी र दीर्घायूको आशिर्वाद दिऊन् ।’

दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना भएका हुन् । प्रधानमन्त्री ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि बुधबार पुनः दोस्रोपल्ट प्रत्यारोपण गर्न लागिएको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १० : ५१ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय