कोरोना भाइरसको महामारीले विश्व जलवायु सम्मेलन पनि स्थगित « Khabarhub

कोरोना भाइरसको महामारीले विश्व जलवायु सम्मेलन पनि स्थगित


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरस महामारीले ब्रिटेनको ग्लास्गोमा नोभेम्बरमा तय भएको जलवायु सम्मेलन स्थगित भएको छ ।

अब यो सम्मेलत महामारी नियन्त्रणमा आए आगामी बर्ष सन् २०२१ को जुन वा जुलाईतिर हुने बताइएको छ ।

ब्रिटेन र संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले इन्टरनेटमार्फत् एउटा भर्चुअल बैठक गरेपछि संयुक्त विज्ञप्ति जारी गर्दै नोभेम्बर ९ मा तय भएको बैठक यो बर्षलाई स्थगित गरिएको घोषणा गरेका हुन्।

जलबायु परिवर्तनसम्बन्धिका बिषयमा बार्षिक रुपमा छलफल हुँदै आएका यस्ता बैठकमा दर्जनौं मुलुकका नेताहरु सहभागी हुँदै आएका छन् । यो पटकको राष्ट्रसङ्घीय वार्षिक भेला कोप-२६ मा पनि दर्जनौँ विश्व नेताहरू सहभागी हुँदै थिए ।

जलवायु परिवर्तनबारे निकै महत्त्वपूर्ण पेरिस सम्झौता भएको पाँच वर्षपछि देशहरूले परिस्कृत जलवायु रणनीति ग्लास्गो सम्मेलनमा प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो ।

स्कटल्याण्डको ग्लास्गो शहरमा सम्मेलनको लागि प्रतिनिधिहरू, पत्रकार र वातावरण अभियानकर्ता गरेर झण्डै ३० हजारको सङ्ख्यामा मानिसहरू भेला हुँदै थिए।

महत्त्वपूर्ण वार्ताहरूको आतिथ्यता गर्ने ग्लास्गोको स्कटिस इभेन्ट्स क्याम्पस अब कोभिड-१९ का बिरामीका लागि अस्थायी अस्पतालको रूपमा परिवर्तन गरिँन थालिएको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : ०७ बजे

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण

‘जनताले खबरदारी गर्न छोडेका दिन नयाँ दल पनि बिग्रिन्छन्’

नेपालमा राजनीतिक उथलपुथल गर्दै २०८२ बितेको छ। वर्ष २०८२ ले