कोरोनाको संक्रमण रोक्ने नाममा जथभावी रसायन नछर्किन आग्रह | Khabarhub Khabarhub

कोरोनाको संक्रमण रोक्ने नाममा जथभावी रसायन नछर्किन आग्रह


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– कोरोना भाइरस रोकथामका नाममा जथाभावी रसायन नछर्न बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आग्रह गरेको छ ।

उपमहानगरपालिका भित्रका स्थानमा विनाजानकारी जथाभावी रसायनहरु छर्ने कार्य भएपछि उपमहानगरपालिका वा सम्वन्धित निकायमा सम्बन्धितलाई समन्वय गर्न आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।

उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकाभित्रका केही सङ्घ संस्था तथा व्यक्तिहरुले वडा, नगर तथा टोललाई सेनिटाइज्ड गर्न मापदण्ड नपुगेका रसायन छरेको पाइएको छ ।

मापदण्ड नपुगेका इन्सेक्टिसाइट, पेन्सीसाइट लगायतका विभिन्न रसायन छर्किदा जीवजन्तु, वातावरण तथा मानवीय स्वास्थ्यमा समेत असर पर्ने हुँदा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी काम गर्न भनिएको चन्दले जानकारी दिए ।

१० जना घर फिर्ता

बाँकेका विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाइनमा २ सय १२ जनालाई राखिएको छ भने क्वारेन्टाइनमा राखेर ‘थ्रोट स्वाव’ परीक्षण गरी ‘नेगेटिभ’ रिपोर्ट आएका १० जनालाई घर पठाइएको छ । जिल्लाका ८ वटै स्थानीय तहमा विभिन्न १३ स्थानमा क्वारेन्टाइन स्थापना गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाँकेमा हाल ४ सय ४९ जना अट्ने क्वारेन्टाइनको क्षमता रहेको छ । जसमध्ये ३४४ बेड तयार भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत महेन्द्र बहुमुखी क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाईनमा १००, कोहलपुर नगरपालिकाको कृषि तालिम केन्द्रमा ३२, खजुरा गाउँपालिकास्थित मैटहवा माविमा ५३ र कृषि तालिम केन्द्रमा १५, जानकी गाउँपालिकाको नेपाल राष्ट्रिय प्राविमा २५, बैजनाथ गाउँपालिकाको बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रमा १६ जना रहेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ११ : ०२ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ