घुम्ती सेवामार्फत आयल निगमले २ दिनमा बेच्यो २६० सिलिण्डर ग्यास « Khabarhub

घुम्ती सेवामार्फत आयल निगमले २ दिनमा बेच्यो २६० सिलिण्डर ग्यास


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले अत्यावश्यक र साधारण उपभोक्तालाई ध्यानमा राखी टेकु कार्यालय र घुम्ती सेवामार्फत ग्यास बिक्री गर्दैआएको छ । मंगलबार र बुधबार दुई दिनमा घुम्ती सेवा र टेकु कार्यालयबाट निगमका विभिन्न कम्पनीका २६० सिलिण्डर वितरण गरेको छ ।

लकडाउन अवधिभरका लागि निगमले साधारण उपभोक्तालाई १२ वर्गमा विभाजन गरेर उपभोक्ताको आवश्यकतानुसार विभिन्न ग्यास कम्पनीका सिलिण्डर वितरण गर्दै आएको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंगलबार ८७ सिलिन्डर ग्यास बिक्री गरिएको थियो जसमा नेपाल ग्यास ४१, एसटिसी २०, सुगम–एभरेष्ट ग्यास १०, श्री–बाबा ६ र सगर ग्यास १० सिलिन्डर छन् ।

त्यस्तै बुधबार सात कम्पनीका १७३ सिलिण्डर बिक्री गरिएको छ । तिनमा नेपाल ग्यास ७७, एसटिसी २८, श्री १५, एभरेष्ट २३, सगर १४, बाबा १२ र शिवम् कम्पनीका चार सिलिण्डर बिक्री गरियो ।

उपाध्यायका अनुसार उपभोक्ताको मागनुसार घुम्ती सेवामार्फत र अत्याश्यक हुनेलाई निगमको टेकु कार्यालयबाट ग्यास बिक्री गरिएको छ । निगमले घुम्ती सेवा र टेकु कार्यालयबाट बेच्नका लागि विभिन्न कम्पनीका ३६० सिलिन्डर ग्यास तयार पारेको थियो । सोअनुसार निगमसँग नेपाल ग्यास ८० तथा सुगम–एभरेष्ट, एसटिसी, बाबा–श्री र सगर ग्यास ७०–७० थिए ।

निगमले बढ्न सक्ने सम्भावित माग ध्यानमा राखी नेपाल ग्यास थप ८० एवं एसटिसी, लुम्बिनी र सिद्धार्थ ७०–७० तथा मनोज, एचपी र गृहलक्ष्मीका ३५–३५ सिलिण्डर ग्यास मगाएर मौज्दातसमेत राखेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ११ : १४ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक