घुम्ती सेवामार्फत आयल निगमले २ दिनमा बेच्यो २६० सिलिण्डर ग्यास « Khabarhub

घुम्ती सेवामार्फत आयल निगमले २ दिनमा बेच्यो २६० सिलिण्डर ग्यास


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले अत्यावश्यक र साधारण उपभोक्तालाई ध्यानमा राखी टेकु कार्यालय र घुम्ती सेवामार्फत ग्यास बिक्री गर्दैआएको छ । मंगलबार र बुधबार दुई दिनमा घुम्ती सेवा र टेकु कार्यालयबाट निगमका विभिन्न कम्पनीका २६० सिलिण्डर वितरण गरेको छ ।

लकडाउन अवधिभरका लागि निगमले साधारण उपभोक्तालाई १२ वर्गमा विभाजन गरेर उपभोक्ताको आवश्यकतानुसार विभिन्न ग्यास कम्पनीका सिलिण्डर वितरण गर्दै आएको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंगलबार ८७ सिलिन्डर ग्यास बिक्री गरिएको थियो जसमा नेपाल ग्यास ४१, एसटिसी २०, सुगम–एभरेष्ट ग्यास १०, श्री–बाबा ६ र सगर ग्यास १० सिलिन्डर छन् ।

त्यस्तै बुधबार सात कम्पनीका १७३ सिलिण्डर बिक्री गरिएको छ । तिनमा नेपाल ग्यास ७७, एसटिसी २८, श्री १५, एभरेष्ट २३, सगर १४, बाबा १२ र शिवम् कम्पनीका चार सिलिण्डर बिक्री गरियो ।

उपाध्यायका अनुसार उपभोक्ताको मागनुसार घुम्ती सेवामार्फत र अत्याश्यक हुनेलाई निगमको टेकु कार्यालयबाट ग्यास बिक्री गरिएको छ । निगमले घुम्ती सेवा र टेकु कार्यालयबाट बेच्नका लागि विभिन्न कम्पनीका ३६० सिलिन्डर ग्यास तयार पारेको थियो । सोअनुसार निगमसँग नेपाल ग्यास ८० तथा सुगम–एभरेष्ट, एसटिसी, बाबा–श्री र सगर ग्यास ७०–७० थिए ।

निगमले बढ्न सक्ने सम्भावित माग ध्यानमा राखी नेपाल ग्यास थप ८० एवं एसटिसी, लुम्बिनी र सिद्धार्थ ७०–७० तथा मनोज, एचपी र गृहलक्ष्मीका ३५–३५ सिलिण्डर ग्यास मगाएर मौज्दातसमेत राखेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ११ : १४ बजे

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते