राष्ट्रपति भण्डारीद्वारा अस्ट्रेलियामा रहेका नेपालीबारे चासो व्यक्त « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा अस्ट्रेलियामा रहेका नेपालीबारे चासो व्यक्त


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलियामा रहेका नेपालीबारे चासो व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको जोखिम र त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएकी हुन् ।

राष्ट्रपति भण्डारीले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई टेलिफोन गरेर त्यहाँ रहेका नेपालीको अवस्थाबारे चासो राखेकी हुन् ।

राष्ट्रपति भण्डारीले अस्ट्रेलियामा रहेका नेपालीलाई सुरक्षित रुपमा बस्न समेत आग्रह गरेकी छन् ।

अस्ट्रेलियामा करिब ९० हजारको संख्यामा नेपाली मूलका बासिन्दा छन् । यस्तै, ५० हजारको हाराहारीमा नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत रहेका बताइन्छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट अस्ट्रेलियामा ९ जना नेपाली संक्रमित छन् । जसमध्ये ४ जना निको भइसकेका बताइएको छ भने अन्य ५ जना पनि चिकित्सिकको निगरानीमा छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १२ : ०९ बजे

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण