खेलाडी र क्लबका लागि ला लिगाको नयाँ निर्देशिकाः शौचालयदेखि मैदानसम्मका लागि यस्ता छन् नियम « Khabarhub

खेलाडी र क्लबका लागि ला लिगाको नयाँ निर्देशिकाः शौचालयदेखि मैदानसम्मका लागि यस्ता छन् नियम


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व खेलकुद कोरोना भाइरसको चपेटामा रहँदा ला लिगाले आफ्ना क्लबका लागि नयाँ निर्देशिका जारी गरेको छ । कोरोनाको संकटका बीच क्लबले अभ्यास गर्न खोजे नयाँ नियम अनुसार गर्न गराउन निर्देशनसहित ला लिगाले निर्देशीका सार्वजनिक गरेको हो ।

महामारी लगत्तै जारी सिजनका बाँकी खेल शूरु हुने हुँदा त्यसको तयारी तथा खेलाडीको फिटनेसका लागि केही क्लबले अभ्यास थालेका समाचार आइरहँदा ला लिगाले त्यसका लागि नयाँ निर्देशीका बनाएको हो । उक्त निर्देशिका अनुसार ठूलो समूहमा सुरक्षित अभ्यास गर्ने बारे उल्लेख गरिएको छ ।

ला लिगाले खेलाडीका लागि मैदान, उपचार कक्ष, शैचालय, भान्सा, जिम हल र खानाका लागि निर्देशिका बनाएको हो । जसअनुसार अब मैदानमा एक पटकमा दुई जना खेलाडी मात्रै हुनेछन् ।  धेरै जसो ठाउँमा एक वा दुई जनाभन्दा बढी सहभागी नहुन भनिएको छ ।

भान्सा

ला लिगाको निर्देशिकाको सूचीमा अभ्यास मैदानको भान्सामा १ जना भन्दा बढीको उपस्थित हुन नहुने, खानाका परिकार अनुसार फरक फरक भान्से हुनु पर्ने, क्लबमा व्यवसायिक न्यूट्रिशनिस्ट (पोषणविद्) भए उसको निर्देशन अनुसार बनाउनु पर्ने र भान्सा बन्द गरेर बनानु पर्ने लगायत छन् ।

यस्तै, भान्सेलाई भान्सा कोठा खोल्ने, सरसफाइ र बन्द गरे बराबरको उसको खर्च दिनुपर्ने, कम्तिमा खाद्यान्नको सामान २ हप्ताका लागि अगाडि नै जम्मा गर्नु पर्ने जस्ता विषय पनि निर्देशिकामा उल्लेख गरिएको छ ।

शैचालय

शैचालय सफा गर्दा एक जनामात्रै जाने । शौचालय डिसइन्फेकटेड (नि:संक्रामक) बनाउन ९६ प्रतिशत अल्कोहल राख्नेुपर्ने जस्ता कुराहरु पनि निर्देशीकामा भनिएको छ ।

उपचार कक्ष

ला लिगाको नयाँ निर्देशीका अनुसार उपचार कक्षमा पहिलो २ हप्ता खेलाडी र फिजियो बीचको दुरी कायम गर्ने, घाइते खेलाडीको मात्रै उपचार गर्ने, उपचारमा संलग्न फिजियोले मास्क र पञ्जा अनिवार्य लगाउनु पर्नेछ । ला लिगाले अभ्यासमा फर्किएको पहिलो एक हप्ता मसाज नगर्न समेत भनेको छ ।

जिम

जिम हल ठूलो भएको अवस्थामा सीमित खेलाडीलाई जिममा गर्न दिइने । एक पटकमा एक वा दुई जना खेलाडीलाई जिम गर्न दिने, समूहमा अभ्यास गर्ने वातावरण बनेपछि मात्रै जीमको प्रयोग गर्न मिल्ने, एक्लो एक्लो अभ्यासमा हुँदा जीम नगर्ने ।

मैदान

व्यक्तिगत अभ्यासका क्रममा एक समयमा मात्रै दुई जना खेलाडीले अभ्यास गर्न पाउनेछन् भने एक जनाले मेदानको छेउमा अभ्यास गर्न सक्नेछन् ।

यो समयमा खेलाडीले तयारी रुटिङ पाउनु पर्नेछ । अभ्यासका लागि मैदान जाँदा सधैं एउटै कारमा जाने र घरमा त्यो परिवर्तन गर्नु पर्नेछ । अब खेल शुरु नभएसम्मका लागि ला लिगाले खेलाडीलाई क्लबको सेवा सुविधामा बस्न आग्रह गरेको छ ।

ला लिगाले खानाका बारेमा एक बुँदामा भनेको छ– एक जना व्यक्तिले बनाएको खाना खेलाडीको जर्सी नम्बर अनुसार झोलामा दिइने छ । उक्त समयमा अन्य व्यक्तिहरुसँग भेट्न पाइने छैन ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १२ : ३६ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।