नेपालमा कोरोना भाइरसको छैटौं संक्रमित भेटिए « Khabarhub

नेपालमा कोरोना भाइरसको छैटौं संक्रमित भेटिए


२० चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको छैटौं केस फेला परेको छ ।

यसअघि दोस्रो र पाँचौं केसका रुपमा कोरोना संक्रमण पुष्टि भएका २ युवतीसँगै एउटै जहाजमा स्वदेश आएका अर्का व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नेपालमा छैटौं केसको रुपमा देखिएका कोरोना संक्रमित पनि गत चैत ४ गते कतारको दोहाबाट नेपाल आएका थिए ।

उनी कतार एयरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ बाट नेपाल आएका थिए । यसअघि सोही फ्लाइटमा नेपाल आएका २ जना युवतीमा कोरोना संक्रमण देखिएको थियो ।

फ्रान्सबाट कतार आएकी १९ वर्षीया युवतीमा नेपालमा दोस्रो केसका रुपमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीलाई कोरोना संक्रमण देखिएपछि सरकारले कतार एयरको जहाजमा नेपाल आएका यात्रुको खोजी गरेको थियो । जसक्रममा बाग्लुङ घर भएकी १९ वर्षीया युवतीमा ५ औं केसका रुपमा कोरोना संक्रमण देखिएको थियो ।

नेपालमा कोरोना संक्रमण देखिनेको संख्या अहिलेसम्म ६ पुगेको छ । जसमध्येका १ जना उपचारपछि निको भइसकेका छन् । २ जना संक्रमितको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तथा १ जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अर्का १ को धौलागिरी अस्पताल बाग्लुङमा उपचार भइरहेको छ ।

छैटौं केसको रुपमा कोरोना संक्रमण देखिएका व्यक्ति पनि बाग्लुङ नै घर भएकी महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । अहिले उनको अवस्थाबारे भने थप जानकारी लिने प्रयास भइरहेको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ४ : २९ बजे

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती