लकडाउनका कारण किसानलाई गहुँ थ्रेसिङ गर्न सास्ती « Khabarhub

लकडाउनका कारण किसानलाई गहुँ थ्रेसिङ गर्न सास्ती


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको त्रासका बीच किसानहरुलाई यतिबेला गहुँबाली भित्र्याउने चटारो छ ।  कञ्चनपुरका किसान यतिवेला गहुँ काटनमा व्यस्त छन् ।

गहुँ काटन शुरु गरेपनि गहुँ थ्रेसिङ गर्नका लागि थ्रेसरको अभाव भएपछि उनीहरु सास्ती खेप्न बाध्य भएका छन् । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले मुलुकभर लागू गरिएको लकडाउनका कारण केही ट्रयाक्टर सञ्चालकले मात्रै गहुँ थ्रेसिङ  गर्दै आएका छन् । वाह्य क्षेत्रबाट गहुँ थ्रेसिङका लागि ट्रयाक्टर ल्याउन निषेध गरिन थालेपछि गहुँ थ्रेसिङ गर्न किसानले सास्ती खेप्नु परेको हो । खेतमा गहुँ पाकीसकेको छ ।

‘गहुँ काटन थालेका छौं’, कृष्णपुरका किसान जीवन चौधरीले भने, ‘गहुँ थ्रेसिङ गर्नका लागि निकै समस्या भएको छ । वाह्य क्षेत्रबाट थ्रेसिङका लागि ट्रयाक्टर ल्याउन नदिँदा समस्या भएको छ ।’ वाह्य क्षेत्रबाट थ्रेसिङका लागि ट्रयाक्टर ल्याउँदा त्योसंगै मजदूरहरु पनि आउने भएकाले कोराना भाइरसको सङ्क्रमण हुन सक्ने आशङ्कामा वाह्य क्षेत्रका ट्रयाक्टर निषेध गरिन थालेको बताइएको छ ।

थ्रेसिङको अभाव भएपछि धेरै किसानले लकडाउन खुल्ने आशामा गहुँ काटेका छैनन् । ‘मुलुक लकडाउन भएका बेला गहुँ थ्रेसिङ गर्न ट्रयाक्टर अभाव भएपछि गहुँ काटेका छैनौं’, स्थानीय किसान वीरबहादुर राजवंशीले भने, ‘लकडाउन खुलेपछि गहुँ काटने योजना बनाएका छौं । ‘

ट्रयाक्टर खोज्न नसक्दा काटेका गहुँ पनि खेतमै थन्क्याउन बाध्य भएका छन्, यहाँका किसान । किसानहरुले स्थानीय तहसंग सहज रुपमा गहुँ थ्रेसिङको व्यवस्था मिलाई दिन र ट्रयाक्टरका लागि इन्धनको व्यवस्था गर्न आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ५ : १३ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको