अत्यावश्यक उद्योग र ठूला आयोजना सञ्चालन गर्न दिने सरकारको निर्णय « Khabarhub

अत्यावश्यक उद्योग र ठूला आयोजना सञ्चालन गर्न दिने सरकारको निर्णय


२० चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउन अवधि बढेपछि  सरकारले अत्यावश्यक बस्तुसँग सम्बन्धित उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बिहिबार बसेको कोभिड – १९ रोकथाम तथा जोखिम नियन्त्रण उच्चस्तरीय समितिको बैठकले अत्यावश्यक उद्योग र ठूला आयोजना सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

‘मुलुकभित्र खाद्य उत्पादन गर्ने उद्योगहरु र अतिआवश्यक बस्तु उत्पादन गर्ने उद्योगहरुलाई त्यही उद्योगभित्र कामदारहरुलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्ड पूरा गरेर चलाउन दिइने छ,’ मन्त्री खतिवडाले भने, ‘अरु पनि उद्योगहरुले आफै आवासीयरुपमा मजदुरहरु परिचालन गरेर स्वास्थ्यका मापदण्डहरु पूरा गरेर चलाउन सक्नुहुन्छ ।’

यसका लागि आवागमनलाई बाहिरै रोकेर सञ्चालन गर्न सक्ने स्थानीय प्रशासनले व्यवस्थापन गर्ने गरी अघि बढाउन उपयुक्त हुने ठहर गरिएको उनले जानकारी दिए ।

यस्तै तामाकोशी जलविद्युत आयोजना, मेलम्चीजस्ता ठूला आयोजनाहरुमा बाहिरका कामदारलाई प्रवेश गर्न नदिई भित्रकै कामदारलाई सुरक्षाका सबै उपकरण प्रयोग गरेर कामलाई निरन्तरता दिने पनि निर्णय भएको मन्त्री खतिवडाले बताए ।

हिउँदे बाली थन्काउने र वर्षे थान रोप्ने बेला भएकाले त्यो काममा पनि कृषकलाई व्यवदान हुन नदिइ काम गर्न दिइने भएको छ ।

कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले यही चैत्र ११ गतेदेखि लकडाउन गरेको छ ।

उक्त लकडाउन १८ गते समापन भएपनि त्यसअघि नै सरकारले २५ गते मध्यारातिसम्म लकडाउन जारी रहने निर्णय गरेपछि कतिपय अत्यावश्यक सामग्री अभाव हुन थालेको गुनासो बाहिरिदै आएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ७ : २४ बजे

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को