नेपाल बैंकद्वारा सातै प्रदेशका ‘कोरोना कोष’मा ५-५ लाख सहयोग « Khabarhub

नेपाल बैंकद्वारा सातै प्रदेशका ‘कोरोना कोष’मा ५-५ लाख सहयोग


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाल बैंक लिमिटेडले सातै प्रदेशका कोरोना भाइरस रोकथाम कोषमा ५-५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा सरकारालाई साथ दिन बै‌ंकले सो रकम सहयोगको घोषणा गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेश सरकारको कोषमा ५/५ लाखका दरले हुनआउने ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

बैंकले यसअघि देशमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि संघीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड रुपैयाँ सहयोग प्रदान गरेको थियो ।

योसँगै कोरोना भाइरस संक्रमण रोकथाममा बैंकको तर्फबाट एक करोड ३५ लाख रुपैयाँ योगदान भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : ५० बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा