सोलुखुम्बुबाट गर्भवती महिलाको उद्धार « Khabarhub

 सोलुखुम्बुबाट गर्भवती महिलाको उद्धार


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- लकडाउनले मुलुक ठप्प भएका बेला सुत्केरी हुन नसकी प्रश्रव पीडामा रहेकी सोलुखुम्बुकी एक महिलाको हवाई उद्धार गरी काठमाडौँ ल्याइएको छ ।

सुत्केरी गराउन आज स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकी सोताङ गाउँपालिका वडा नं ४ की ३० वर्षीया पुष्पकला राईको गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था जटिल रहेको खबर पाएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत निःशुल्क हवाई उद्धार गरी काठमाडौँ ल्याइएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निर्देशनमा काठमाडौँ ल्याएलगत्तै थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा राईको उपचार भइरहेको मन्त्रीका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिए ।

पेटमा रहेको शिशुको स्वास्थ्य अवस्था जटिल भएपछि आमा र बच्चा दुवैको जीवनरक्षाका लागि काठमाडौँ पठाइएको सोताङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डा आशिष आलोकले जानकारी दिएष ।

उनका अनुसार पेटमा रहेको शिशुले दिसा गरेको र त्यसले गर्भवतीको स्वास्थ्य अवस्था गम्भीर भएको थियो ।

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत मन्त्रालयले जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ ।

यसैबीच मन्त्री गुरुङले उपचाररत महिलाको उपचारमा कुनै कमी हुन नदिन अस्पतालका चिकित्सकलाई निर्देशन दिनुभएको छ । यसअघि यही चैत १५ गते पनि अत्यधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवतीको हवाई उद्धार गरी उपचार गरिएको थियो । मन्त्रालयको पहलमा हालसम्म ९२ सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरिसकिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १० : ०५ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा