सोलुखुम्बुबाट गर्भवती महिलाको उद्धार « Khabarhub

 सोलुखुम्बुबाट गर्भवती महिलाको उद्धार


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- लकडाउनले मुलुक ठप्प भएका बेला सुत्केरी हुन नसकी प्रश्रव पीडामा रहेकी सोलुखुम्बुकी एक महिलाको हवाई उद्धार गरी काठमाडौँ ल्याइएको छ ।

सुत्केरी गराउन आज स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकी सोताङ गाउँपालिका वडा नं ४ की ३० वर्षीया पुष्पकला राईको गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था जटिल रहेको खबर पाएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत निःशुल्क हवाई उद्धार गरी काठमाडौँ ल्याइएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निर्देशनमा काठमाडौँ ल्याएलगत्तै थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा राईको उपचार भइरहेको मन्त्रीका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिए ।

पेटमा रहेको शिशुको स्वास्थ्य अवस्था जटिल भएपछि आमा र बच्चा दुवैको जीवनरक्षाका लागि काठमाडौँ पठाइएको सोताङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डा आशिष आलोकले जानकारी दिएष ।

उनका अनुसार पेटमा रहेको शिशुले दिसा गरेको र त्यसले गर्भवतीको स्वास्थ्य अवस्था गम्भीर भएको थियो ।

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत मन्त्रालयले जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ ।

यसैबीच मन्त्री गुरुङले उपचाररत महिलाको उपचारमा कुनै कमी हुन नदिन अस्पतालका चिकित्सकलाई निर्देशन दिनुभएको छ । यसअघि यही चैत १५ गते पनि अत्यधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवतीको हवाई उद्धार गरी उपचार गरिएको थियो । मन्त्रालयको पहलमा हालसम्म ९२ सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरिसकिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १० : ०५ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित