लकडाउनले काठमाडौंमा तरकारीको खपत र भाउ दुवै घट्यो | Khabarhub Khabarhub

लकडाउनले काठमाडौंमा तरकारीको खपत र भाउ दुवै घट्यो


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि भएको लकडाउनलले काठमाडौँ उपत्यकामा तरकारीको खपत र मूल्य दुवै घटेको छ ।

लकडाउनले भारतबाट हुने आयात घट्दा स्थानीय तरकारीले बजार पाएको छ । अहिले काभ्रे, धादिङ, नुवाकोट, मकवानपुर लगायतबाट काठमाडौँमा तरकारी आइरहेको छ ।

लकडाउन भएसँगै विदेशी तरकारी आयात घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

प्याज र कागती भारतबाट आयात भइरहेको छ भने ८० प्रतिशत तरकारीमा स्वदेशी उत्पादनले बजार पाएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

‘सामान्य अवस्थामा उपत्यकामा दैनिक ९ सय टनसम्म तरकारी खपत हुन्थ्यो,’ उनले भने, ‘अहिले साढे चार सय टन तरकारी खपत हुन मुश्किल छ ।’

उनका अनुसार तरकारीको आपूर्ति घटेपछि मूल्य बढ्नुपर्ने हो तर खपत पनि कम भएकाले मूल्य घटेको छ । कतिपय तरकारीमा एक महिनाअघिको मूल्यको तुलनामा ७० प्रतिशतसम्म घटेको छ ।

काठमाडौँ उपत्यकाबाहिरबाट आएर बसेकाहरू धेरै फर्केपछि तरकारीको खपत घटेको सूचना अधिकारी श्रेष्ठको भनाइ छ । ‘लकडाउन थपिँदै छ, मानिसहरू राजधानीबाट बाहिर गइरहेका छन,’ उनले भने, ‘तरकारीको खपत हुने होटल र रेष्टुरेन्टहरू पूर्णरूपमा बन्द भएपछि खपत घटेको छ ।’

अहिले दैनिक साढे चार सय टन तरकारी कालीमाटी आइरहेको उनले बताए ।

भीड घटाउन अस्थायी बजार

काठमाडौं महानगपालिकाले लकडाउनमा उपभोक्ताको सहजताका लागि वैकल्पिक तरकारी बजार व्यवस्था गरेको छ ।

बल्खु, कलंकी, बाफल, स्वयम्भू, बालाजु, वनस्थली, गोंगबु, वसुन्धारा, महाराजगञ्ज, चावहिल, तीनकुने गरी ११ स्थानमा तरकारी बजार राख्ने भनिएको थियो ।

त्यसमध्ये अहिले ९ स्थानमा तरकारी बजार रहेको महानगरको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले बताए । ‘बाफलमा खासै बजार नचल्ने भएकाले व्यापारीहरू जान चाहेनन्,’ उनले भने, ‘अस्थायी बसपार्कमा पनि जान चाहेनन् ।’

उनका अनुसार अहिले अस्थायी बजारमा तरकारी विक्रीका लागि व्यवसायीहरू लागेका छन् । महानगरले अस्थायी बजारको दैकिक अनुगमन गरिरहेको छ ।

यसअघि महानगरले सामान्य सुविधा पनि दिन नसकेको भन्दै व्यापारीहरू अस्थायी बजारबाट कालीमाटी नै फर्केका थिए । यसपछि महानगरले सम्बन्धित निकायहरूसँग छलफल र समन्वन्य गरी तरकारी बजार व्यवस्थापन गरेको छ ।

अस्थायी तरकारी बजारमा पनि उपभोक्ताको भिडभाड छ । सामाजिक दूरी कायम गराउन महानगर एक्लैले नसकेको पनि उनले स्वीकार गरे । कालीमाटी बजारभन्दा अस्थायी बजार महँगो भएको भन्दै महानगरको कृषि विभागमा दिनहुँ गुनासो आउन थालेको छ ।

‘थोक व्यापारका हिसाबले मूल्यमा समानता हुन्छ कि भन्ने अपेक्षा गरेका थियौँ’ महानगरको कृषि विभागका प्रमुख भण्डारीले भने, ‘भिडभाड बढी हुँदा थोक बजार नै खुद्रामा परिणत भयो, यसकारण तोकिएको मूल्यमा विक्री हुन सकेको छैन ।’

यस्तो छ मूल्य :

शुक्रबार कालीमाटीको थोक बजारमा प्रतिकेजी गोलभेँडा २५ रुपैयाँ, आलु ३०, प्याज ३०, बन्दाकोबी १० र काउली ३० रुपैयाँ थियो ।

त्यस्तै प्रतिकेजी मुला १५ रुपैयाँ, बोडी ८०, लौका २५, परवर ६०, घिरौला ४०, हरियो फर्सी ३०, भिण्डी ८० र बरेला ४० रुपैयाँ छ ।

हरियो सागको मूल्य पनि घटेको छ । रायो, चमसुर, पालुंगो, तोरी, मेथी र सौफको साग प्रतिकेजी ५० रुपैयाँ थियो । च्याउको मूल्य पनि ह्वातै घटेको छ ।

शुक्रबार च्याउ (कन्य) सय र च्याउ (डल्ले) तीन सय रुपैयाँ प्रतिकेजी थियो ।

एक महिनाअघि प्रतिकेजी ३ सय रुपैयाँभन्दा बढी मूल्य रहेको हरियो खुर्सानी अहिले ४५ रुपैयाँमा झरेको छ । त्यस्तै प्रतिकेजी काँक्रो २० रुपैयाँ, अदुवा २ सय, लसुन (नेपाली) ३ सय र कागती प्रतिकेजी २ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ९ : ४६ बजे

डढेलो निभाउने क्रममा जलेर ओखलढुंगामा आमाछोराको मृत्यु

ओखलढुंगा – खरबारीमा लागेको डढेलो निभाउने क्रममा ओखलढुंगा सदरमुकामस्थित सिद्धिचरण

‘सिधाकुरा’ प्रकरणका तीनैजना तारेखमा छुटे, दुई मिडिया मालिकसँग सर्वोच्चले माग्यो जवाफ

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले मिडिया मालिकलाई जोडेर स्टिङ

महिला उद्यमी महासंघका पदाधिकारीसँग अर्थमन्त्री पुनले गरे छलफल 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटबारे महिला

कोशी प्रदेशमा रास्वपाको शक्ति कति ?

काठमाडौं- इलाममा बैशाख १५ गते सम्पन्न उपनिर्वाचनको परिणामलाई लिएर रवि

वामपन्थी पार्टीहरूबीच एकता आवश्यक : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले