पार्टी फुटउन्मुख कुनै क्रियाकलापमा सामेल नहुन कार्यकर्तालाई नेकपाको निर्देशन « Khabarhub

पार्टी फुटउन्मुख कुनै क्रियाकलापमा सामेल नहुन कार्यकर्तालाई नेकपाको निर्देशन


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेकपाले पार्टी फुट उन्मुख कुनै पनि गतिविधि नगर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टी फुट उन्मुख कुनै गतिविधि नगर्न कार्यकर्तालाई दिर्नेशन दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले पार्टी जीवनमा देखा परेका संकटलाई समाधान गरि एकतावद्ध र दृढ भएर अघि बढ्ने संकल्प गरेको भन्दै प्रवक्त श्रेष्ठले त्यसै अनुरुपका गतिविधि गर्न कार्यकर्तालाई निर्देशन दिने निर्णय भएको बताए ।

‘हाम्रो पार्टीको आन्तरिक जीवनमा देखा परेको समस्या र संकटहरूलाई समाधान गर्ने गरी एकतावद्ध भएर पार्टी एकताको पक्षमा दृढ रहने संकल्प गरेको छ। पार्टी एकतालाई रक्षा गर्ने र त्यसलाई सुदृढ बनाउने र पार्टी एकतालाई कमजोर पार्ने पार्टीलाई फुटउन्मुख गर्ने कुनै पनि क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय गरेको छ’ बैठकपछि श्रेष्ठले भने ।

पार्टीमा देखिएका समस्या समाधान गरि अघि बढ्ने र पार्टीलाई एकतावद्ध राख्ने विधी पद्दती अनुसार सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।

प्रवक्ता श्रेष्ठले भने, पार्टीको नीति निर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनाताको पक्षमा समाजवाद उन्मुख रुपमा काम गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय लिएको छ ।’

अध्यक्ष केपी ओली र इतरसमूहबीच विवाद देखिएसँगै कार्यकर्ता पनि विभाजित भएका थिए । पूर्व माओवादी र नेता नेपाल समूह र केपी ओली पक्षधर नेता कार्यकर्ताहरु तल्लो स्तरमा आएर विवादमा उत्रिएका थिए ।

कतिपयले यस्तो अवस्थामा एकै पार्टीमा बस्नु भन्दा पार्टी फुट नै उपयुक्त भएको तर्क र बहसहरु गर्न थालेसँगै सचिवालय बैठकले फुट उन्मुख कुनै गतिविधि नगर्न निर्देशन दिएको हो ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १० : २२ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा