पार्टी फुटउन्मुख कुनै क्रियाकलापमा सामेल नहुन कार्यकर्तालाई नेकपाको निर्देशन « Khabarhub

पार्टी फुटउन्मुख कुनै क्रियाकलापमा सामेल नहुन कार्यकर्तालाई नेकपाको निर्देशन


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेकपाले पार्टी फुट उन्मुख कुनै पनि गतिविधि नगर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टी फुट उन्मुख कुनै गतिविधि नगर्न कार्यकर्तालाई दिर्नेशन दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले पार्टी जीवनमा देखा परेका संकटलाई समाधान गरि एकतावद्ध र दृढ भएर अघि बढ्ने संकल्प गरेको भन्दै प्रवक्त श्रेष्ठले त्यसै अनुरुपका गतिविधि गर्न कार्यकर्तालाई निर्देशन दिने निर्णय भएको बताए ।

‘हाम्रो पार्टीको आन्तरिक जीवनमा देखा परेको समस्या र संकटहरूलाई समाधान गर्ने गरी एकतावद्ध भएर पार्टी एकताको पक्षमा दृढ रहने संकल्प गरेको छ। पार्टी एकतालाई रक्षा गर्ने र त्यसलाई सुदृढ बनाउने र पार्टी एकतालाई कमजोर पार्ने पार्टीलाई फुटउन्मुख गर्ने कुनै पनि क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय गरेको छ’ बैठकपछि श्रेष्ठले भने ।

पार्टीमा देखिएका समस्या समाधान गरि अघि बढ्ने र पार्टीलाई एकतावद्ध राख्ने विधी पद्दती अनुसार सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।

प्रवक्ता श्रेष्ठले भने, पार्टीको नीति निर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनाताको पक्षमा समाजवाद उन्मुख रुपमा काम गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय लिएको छ ।’

अध्यक्ष केपी ओली र इतरसमूहबीच विवाद देखिएसँगै कार्यकर्ता पनि विभाजित भएका थिए । पूर्व माओवादी र नेता नेपाल समूह र केपी ओली पक्षधर नेता कार्यकर्ताहरु तल्लो स्तरमा आएर विवादमा उत्रिएका थिए ।

कतिपयले यस्तो अवस्थामा एकै पार्टीमा बस्नु भन्दा पार्टी फुट नै उपयुक्त भएको तर्क र बहसहरु गर्न थालेसँगै सचिवालय बैठकले फुट उन्मुख कुनै गतिविधि नगर्न निर्देशन दिएको हो ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १० : २२ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका