कोरोनाको प्रभावले राष्ट्रपतीय चुनावमा ट्रम्पलाई धक्का लाग्न सक्ने « Khabarhub

कोरोनाको प्रभावले राष्ट्रपतीय चुनावमा ट्रम्पलाई धक्का लाग्न सक्ने


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धक्का लाग्न सक्ने सर्वेक्षण रिपोर्ट सार्वजनिक भएको छ ।

कोरोनाभाइरसको महामारीलाई व्यवस्थापन गर्न नसकेको आरोप खेपिरहेका ट्रम्पलाई सर्वेक्षणमा सहभागी नागरिकले पनि उक्त आरोपलाई बल पुग्ने गरिका मत जाहेर गरेका छन् ।

कोरोना भाइरसलाई समयमा नै नियन्त्रण गर्न नसक्दा यसको प्रभाव अमेरिकी अर्थतन्त्र तथा नागरिकको दैनिकीमा पनि देखिन थालेकोले ट्रम्पको ख्याति कोरोना भाइरसको महामारीपूर्वभन्दा घटेको निष्कर्ष वासिङ्टन पोष्ट-एबीसी न्यूज सर्वेक्षण प्रतिवेदनको छ ।

समग्रमा अमेरिकीहरूले ट्रम्प र जो वाइडेनप्रति मिश्रित प्रतिक्रिया दिएका छन् । डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार चयन हुने विश्वास गरिएका वाइडेनको लोकप्रियता पनि पहिलेको तुलनामा घटेको छ ।

राष्ट्रपति ट्रम्पका समर्थकहरूले ट्रम्पलाई नै मतदान गर्ने प्रतिवद्धता व्यक्त गरिरहँदा डेमोक्र्याटिक नेता वाइडेनको पक्षमा उनकै दलका समर्थकबीच पनि पार्टीभित्र ट्रम्पजस्तो लोकप्रियता नदेखिएको सर्वेक्षणमा जनाइएको छ ।

गत मे २५ देखि २८ तारिकबीचमा फोनमार्फत आकस्मिक (र्‍यान्डम) आधारमा राष्ट्रियस्तरमा सूचिकृत एक हजार एक वयस्क अमेरिकी मतदातासँग गरिएको सर्वेक्षणमा बाइडेनले ट्रम्पमाथि ५३ प्रतिशतका विरूद्ध ४३ प्रतिशतले अग्रता लिएको बताइएको छ ।

ट्रम्पको समर्थनमा कमी आउनु कोरोना भाइरस नियन्त्रणका लागि ट्रम्प सरकारले लिएको व्यवस्थापकीय भूमिका जिम्मेवार मानिएको छ । दुई महिना पहिले सरकारले सङ्क्रमण नियन्त्रण प्रयासका सुरूवाती कामहरू गरिरहेको थियो र यसका कारण राष्ट्रपति सकारात्मक क्षेत्रमा रहेका थिए ।

सर्वेक्षणमा ३४ प्रतिशत अमेरिकीले वर्तमान् अर्थतन्त्रलाई सकारात्मक मुल्याङ्कन गरेका छन् भने ६५ प्रतिशतले नकारात्मक मुल्याङ्कन गरेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ८ : ४३ बजे

नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा