कोरोनाको प्रभावले राष्ट्रपतीय चुनावमा ट्रम्पलाई धक्का लाग्न सक्ने | Khabarhub Khabarhub

कोरोनाको प्रभावले राष्ट्रपतीय चुनावमा ट्रम्पलाई धक्का लाग्न सक्ने


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धक्का लाग्न सक्ने सर्वेक्षण रिपोर्ट सार्वजनिक भएको छ ।

कोरोनाभाइरसको महामारीलाई व्यवस्थापन गर्न नसकेको आरोप खेपिरहेका ट्रम्पलाई सर्वेक्षणमा सहभागी नागरिकले पनि उक्त आरोपलाई बल पुग्ने गरिका मत जाहेर गरेका छन् ।

कोरोना भाइरसलाई समयमा नै नियन्त्रण गर्न नसक्दा यसको प्रभाव अमेरिकी अर्थतन्त्र तथा नागरिकको दैनिकीमा पनि देखिन थालेकोले ट्रम्पको ख्याति कोरोना भाइरसको महामारीपूर्वभन्दा घटेको निष्कर्ष वासिङ्टन पोष्ट-एबीसी न्यूज सर्वेक्षण प्रतिवेदनको छ ।

समग्रमा अमेरिकीहरूले ट्रम्प र जो वाइडेनप्रति मिश्रित प्रतिक्रिया दिएका छन् । डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार चयन हुने विश्वास गरिएका वाइडेनको लोकप्रियता पनि पहिलेको तुलनामा घटेको छ ।

राष्ट्रपति ट्रम्पका समर्थकहरूले ट्रम्पलाई नै मतदान गर्ने प्रतिवद्धता व्यक्त गरिरहँदा डेमोक्र्याटिक नेता वाइडेनको पक्षमा उनकै दलका समर्थकबीच पनि पार्टीभित्र ट्रम्पजस्तो लोकप्रियता नदेखिएको सर्वेक्षणमा जनाइएको छ ।

गत मे २५ देखि २८ तारिकबीचमा फोनमार्फत आकस्मिक (र्‍यान्डम) आधारमा राष्ट्रियस्तरमा सूचिकृत एक हजार एक वयस्क अमेरिकी मतदातासँग गरिएको सर्वेक्षणमा बाइडेनले ट्रम्पमाथि ५३ प्रतिशतका विरूद्ध ४३ प्रतिशतले अग्रता लिएको बताइएको छ ।

ट्रम्पको समर्थनमा कमी आउनु कोरोना भाइरस नियन्त्रणका लागि ट्रम्प सरकारले लिएको व्यवस्थापकीय भूमिका जिम्मेवार मानिएको छ । दुई महिना पहिले सरकारले सङ्क्रमण नियन्त्रण प्रयासका सुरूवाती कामहरू गरिरहेको थियो र यसका कारण राष्ट्रपति सकारात्मक क्षेत्रमा रहेका थिए ।

सर्वेक्षणमा ३४ प्रतिशत अमेरिकीले वर्तमान् अर्थतन्त्रलाई सकारात्मक मुल्याङ्कन गरेका छन् भने ६५ प्रतिशतले नकारात्मक मुल्याङ्कन गरेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ८ : ४३ बजे

जेन-जी समूहले माग्यो लिखुपिके गाउँपालिकाको खर्च तथा प्रगति विवरण

सोलुखुम्बु– सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा गठित जेन जी युवा समूहले गाउँपालिकाको

मुलुक बनाउने जिम्मेवारी हामी सबैको होः प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुलुक बनाउने जिम्मेवारी सबैको भएको

उद्योगको लाइन जोड्न मधेशका मुख्यमन्त्री सोनालले गराए ध्यानाकर्षण

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनालले उद्योगको लाइन अविलम्ब जोड्न

जेन-जी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एकजना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ‘जेन-जी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एकजनालाई पक्राउ

ट्याङ्कर चालकसहित चार जना पक्राउ

बागमती– नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ