केटीलाई प्रभाव पार्ने केटाका ७ बानी, तपाईंमा कुन कुन छन् ? « Khabarhub

केटीलाई प्रभाव पार्ने केटाका ७ बानी, तपाईंमा कुन कुन छन् ?


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हरेक युवती चाहन्छन् आफ्नो जीवनसाथीमा स्पेशल गुण होस् । उसको हरेक ब्यवहार अरुभन्दा विशेष होस् ।

हुनत केहि केटाहरुमा यस्तो स्पेशल बानी हुने गर्दछ । जसलाई केटीहरुले साह्रै मन पराउँछन् । आमअवस्थामा केटाहरु केटीलाई आफूप्रति आकर्षित र प्रभावित बनाउन कुनै कसर बाँकी राख्दैनन् । तर केटाहरुमा हुने केहि बानीले भने केटीलाई बिना मेहनत सजिलै प्रभावित पार्दछ । के के हुन् केटीलाई इम्प्रेश पार्ने केटाका बानिहरु ?

१.ईमान्दारिता 
हरेक केटी मानिसको चाहाना हुन्छ, उनको प्रेमी वा जीवनसाथी आफु प्रति ईमान्दारहोस् । आफु बाहेक अरु कोहिसंग नजिस्कियोस् वा अरुप्रति आर्कषित नहोस् । उनीहरुलाई इम्प्रेश गर्न मात्र कोहि केटा ईमान्दार छ भने उसको यो मात्र काफी हुन्छ ।

२. आदर गर्ने
केटीहरुलाई ती केटा साह्रै मन पर्दछ । जसमा सबै ब्यक्तिको सम्मान र आदर गर्ने बानी हुन्छ । केटीहरु यस्ता स्वभाव भएका केटासँग मित्रतागर्न र जीवन शैली बनाउन खोज्दछन्् । किनकी उनीहरुलाई थाहा छ, सबैको सम्मान र आदर गर्ने ब्यक्तिबाट कहिल्यै गलत ब्यवहार हुदैँन ।

३. राम्रो ब्यवहार
केटीहरुलाई ती केटा अत्यन्त मन पर्दछ । जसमा राम्रो ब्यवहार गर्ने बानी हुन्छ । विनम्र स्वभावका केटासँग मित्रता गाँस्न केटीहरु लालायित हुन्छन् । यतिमात्र होइन राम्रो ब्यवहार गर्ने ब्यक्तिलाई सबैले रुचाउँछन् तर नराम्रो ब्यवहार गर्नेबाट पुरा विश्व भाग्ने गर्दछ ।

४. ख्याल राख्ने बानी
केटी मान्छेको मन अत्यन्त कोमल हुन्छ । यस्तोमा उनीहरुको ख्यालमात्र राखिदिने स्वभावको मानिस भेटे यस्तालाई उनीहरु खुबै मन पराउँछन् । जसले उनीहरुको केयर गर्दछ । केटीलाई ती ब्यक्ति जीवनसाथीका रुपमा पाउने चाहाना हुन्छ ।

५. साथ दिने
कतिपय अवस्थामा साना गल्ती वा कारणको सहारामा केहि केटाहरु केटीबाट टाढा हुने गर्दछन् । तर केटी मान्छे आफुलाई हर हमेशा जस्तोसुकै परिस्थितिमा साथदिने ब्यक्तिको खोजीमा हुन्छन् ।

कोहि केटामा यी बानी भेटेमा उनीहरु केटीको नजरमा आफै पर्ने गर्दछन् ।

६. निर्णय लिन सक्ने
लगभग सबै केटी मानिसलाई कुनै पनि योजना बनाउने र त्यसमा निर्णय लिन सक्ने केटाको बानीले प्रभाव पार्दछ । भावानात्मक रुपमा कमजोर वा निर्णय लिन असक्षम केटालाई केटीहरुले मन पराउँदैनन् । तसर्थ आफुमा निर्णय लिने क्षमताको विकास गर्नुहोस् ।

७ आफ्नो कुरा सुन्ने
केटी मानिसमा आफ्नो कुरा सुनाउने बानी स्वभावतः केटाभन्दा बढी हुन्छ । यस्तोमा कुनै केटा उनीहरुको कुरा बिना रोकटोक ध्यानपुर्वक सुनिदिन्छ भने यसले पनि केटी मानिसलाई प्रभावित पार्दछ ।

तसर्थ आफ्नो कृुरा सुनाउनुको सट्टा उनीहरुको कुरा सुन्नमा ध्यान दिनुहोस् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ९ : ५६ बजे

वर्षाका कारण ल्याण्डफिल साइट प्रभावित, महानगरले भन्यो ‘घरको फोहोर बाहिर ननिकाल्नु’ 

काठमाडौं– अविरल वर्षाका कारण ल्याण्डफिल साइटतर्फ जाने सडक प्रभावित भएपछि

पश्चिमी नेपालतर्फ सर्दै न्यूनचापीय प्रणाली : आगामी २-३ दिन उच्च सतर्कता अपनाउन विभागको अपिल

काठमाडौं– बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण विगत दुई दिनदेखि

काठमाडौं तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

दमौली– तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडकखण्डमा पहिरोका

विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन आग्रह

दाङ– लुम्बिनी प्रदेश सरकारले सम्भावित विपद् प्रतिकार्यका लागि उच्च सतर्कता

भँडारे खोलामा सडकमाथिबाट लेदोसहितको बाढी आउँदा सिद्धिचरण लोकमार्ग अवरुद्ध

ओखलढुङ्गा– लगातारको वर्षाका कारण ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ