हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ « Khabarhub

हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ


२० जेष्ठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको इटहरी उप–महानगरपालिकामा एक युवाको हत्यामा संलग्न तीनजनालाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ।

गएको आइतबार राति करिब सवा ९ बजे आपसी विवादका क्रममा २८ वर्षीय रादन राईको कुटपिट तथा छुरा प्रहार गरी हत्या गरेको आरोपमा २० वर्षीय प्रज्वल तामाङ, १९ वर्षीय अभिषेक के.सी (गिरी) र २३ वर्षीय अमित घिमिरेलाई इटहरी प्रहरीले पक्राउ गरेको हो।

स्थानीय अमित घिमिरेको घरमा आपसी भनाभन र विवाद बढ्दै गर्दा मोरङ्ग कानेपोखरीका तामाङ, स्थानीय केसी र घिमिरेले राईलाई बाँसको लाठीले कुटपिट गर्दै धारिलो चक्कुले कोखा र छातीमा प्रहार गरी घाइते बनाएका थिए ।

बेलायतबाट तीन महिनाको बिदामा घर आएका राईलाई विवादपछि राति घर फर्कने क्रममा तीनैजनाले आक्रमण गरेका थिए। राईका अन्य साथीले हो–हल्ला गरेपछि तीनैजना फरार भएका थिए ।

राईलाई उनका साथीहरुले धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेका थिए । धरानमा उपचारका क्रममा उनको राति सवा ११ बजे मृत्यु भएको थियो।

प्रदेश १ प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय ईटहरीको संयुक्त टोलीले सोमबार बेलुका ६ बजे फरार तीनजनालाई ईटहरी–११ पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  १२ : ३९ बजे

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन