ओलम्पियन बिष्टको सरकारलाई प्रश्न – बजेटमा किन खेल क्षेत्रलाई महत्व दिइँदैन ? « Khabarhub

ओलम्पियन बिष्टको सरकारलाई प्रश्न – बजेटमा किन खेल क्षेत्रलाई महत्व दिइँदैन ?


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामि आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा खेल क्षेत्रलाई प्राथमिता नदिएको गुनासो ओलम्पियन दीपक बिष्टले गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सरकारले आगामि आर्थिक वर्ष २०७७–०७८ का लागि ल्याएको बजेटले खेलकुदलाई प्राथमिकतामा राख्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सरकारले आगामि आवका लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्क ३६ करोड विनियोजन गरेको छ । यो अघिल्लो वर्षको भन्दा ४० प्रतिशतले कम हो । चालु आवमा सरकारले ३ अर्ब ९९ करोड विनियोजन गरेको थियो भने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि छुट्टै ३ अर्ब भन्दा बढी रकम विनियोजन गरेको थियो । खेलकुदमा लगानीगर्ने कुरा सरकारी तहबाट सैद्धान्तिक मात्रै भएको विष्टको गुनासो छ ।

राष्ट्रिय गौरव बढाउने, देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित बनाउन मद्दत गर्ने, अनुशासित बनाउने, स्वस्थ र हरेक रोग संग लडन सक्षम बनाउने, जिम्मेवार नागरिक तयार पार्ने, जात–जातिय सद्भाव एकता गर्ने, विपक्षीलाई आदर गर्न सिकाउने एकमात्र क्षेत्र खेल भएको भन्दै उनले खेल क्षेत्रलाई सरकारले बजेट छुट्टाउँने सवालमा किन महत्व दिदैन ?’ भन्दै बिष्टले प्रश्न गरेका छन् ।

दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमा लगातार चार संस्करणमा स्वर्ण जिन्ते कीर्तिमानी खेलाडी बिष्टले लेखेका छन, ‘खेलकुदमा गरिएको लगानी खेर जाँदैन भन्ने थुप्रै उदाहरणहरू हामीसँग छन् । गत वर्ष स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलाडीले प्राप्त गरेको सफलतालाई हेर्दा पुग्छ ।’

उनले ‘खेल खेलडीको लागी मात्रै होईंन , खेल सबैका लागी हो’ भन्ने नारालाई आत्मसाथ गर्दै अगाडि बढ्नु पर्ने बताएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १२ : ५९ बजे

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक

त्रिभुवन विश्वविद्यालयले अतिरिक्त क्रियाकलापलाई शैक्षिक अङ्कभार दिने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब शैक्षिक प्रमाणपत्रमा पढाइसँगै उनीहरूले गरेका