काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि « Khabarhub

काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि


२० जेष्ठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं मेडिकल कलेजमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

उनीहरु २४ देखि ३२ वर्षका ३ जना महिला र २८ वर्षका एकजना पुरुष रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमूना परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

डा देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ४५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २६६ पुगेको छ । कुल ६१ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ४ : ५३ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ