३८ हप्ताकी एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि « Khabarhub

३८ हप्ताकी एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि


२० जेष्ठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  धादिङकी २३ वर्षीया एक गर्भवती महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित लाइभ अपडेटमा बोल्दै थापाथलीको प्रसूती तथा स्त्री रोग अस्पतालमा रहेकी २३ वर्षीया महिलामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

अस्पतालका निर्देशक जागेश्वर गौतमका अनुसार ती महिला गर्भवती हुन् । डा गौतमका अनुसार ती महिला ३८ हप्ताकी गर्भवती हुन् । ज्वरो आउने समस्या देखिएपछि उनलाई गत बुधबार जेठ १४ गते अस्पतालमा भर्ना गरिएको थियो ।

तीनदिन अघिदेखि उनको ज्वरो ठिक भएको थियो । तर, घाँटी दुख्ने समस्या समेत भएको पाइएपछि अस्पतालले डिस्चार्ज गर्नुअघि कोरोना परीक्षणको लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो ।

उनको आज रिपोर्ट पोजेटिभ आएको हो । अस्पतालमा रहेकी ३८ हप्ताकी गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले उनलाई कोरोना विशेष अस्पतालमा पठाउने तयारी गरेको छ ।

अस्पतालका निर्देशक डा गौतमले खबरहबसँग भने, ‘ज्वरो आएर बुधबार अस्पताल भर्ना हुनुभएको थियो, तीन दिनदेखि ज्वरो पनि ठिक भएको छ, स्वास्थ्य अवस्था सामान्य छ, तर कोरोना पोजेटिभ आएपछि हामीले उहाँलाई कोरोना विशेष अस्पतालमा पठाउन लागेका छौं ।’

डा गौतमका अनुसार ती महिलामा सुत्केरी व्यथा लागेको छैन । सामान्यतया ४० हप्तामा डेरीभरी हुन्छ ।

डा गौतमले ती महिलाको उपचार संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी पहिचान गरी कोरोना परीक्षण गर्ने तयारी भएको जानकारी दिए ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ५ : २६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको