रुकुम घटनाको निष्पक्ष छानविन गर्न नेता खनालको माग « Khabarhub

रुकुम घटनाको निष्पक्ष छानविन गर्न नेता खनालको माग


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले रुकुमपश्चिम चौरजहारी नगरपालिका सोतीमा भएको घटनाको निपष्क्ष छानविन गर्न माग गरेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै दोषीलाई कडा कारवाही गरी पीडितलाई न्याय दिलाउन माग गरेका छन् । उनले घटनाबाट आफू स्तब्ध भएको जनाएका छन्।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालयले गठन गरेको छानबिन टोली र मानवअधिकार आयोगले गठन गरेको छानबिन समितिले न्यायिक, निश्पक्ष र कुनै पनि प्रभाव र दबाबबाट मुक्त भइ छानविन गरोस्, पीडितले उचित न्याय पाउनुपर्छ ।’

उनले आधुनिक समाज र मानव जातिले सिर्जना गरेका मूल्यलाई समेत चुनौती दिनेगरी भएको उक्त घटनाप्रति भर्त्सना गरेका छन् ।

 

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ९ : १२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना