यी हुन् कोरोना संक्रमणबाट हुने मृत्युदर घटाउन ध्यान दिनुपर्ने कुरा « Khabarhub

यी हुन् कोरोना संक्रमणबाट हुने मृत्युदर घटाउन ध्यान दिनुपर्ने कुरा


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने बेला वा संक्रमितलाई घरबाट ल्याउने समयमा संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय निकाय तथा सुरक्षाकर्मीले अनिवार्य पालन गर्नुपर्ने चेकलिस्ट बनाओस् ।

– उक्त व्यक्तिलाई कुन स्वास्थ्य समस्या छ ?

– के–के औषधि सेवन गरिरहेको छ ?

– उसँग कुन–कुन रिपोर्ट छन् ?

– उसको बुवाआमा, दिदीबहिनी तथा दाजुभाइलाई कुन–कुन स्वास्थ्य समस्या थिए र छन् ?

– उसको वर्तमान स्वास्थ्य अवस्था जस्तै तापक्रम, ब्लड प्रेसर, सुगर, अक्सिजनको लेभल, डिहाइड्रेसन, बेचैनी, भोक–प्यास आदि तुरुन्त हेर्नु र बुझ्नु पर्दछ ।

– सेवन गरिरहेको औषधि र रिपोर्टसहित उसलाई क्वारेन्टीन वा आइसोलेसनमा राख्नुपर्दछ ।

– धेरैजसो व्यक्तिले हतारमा औषधि छोडेर क्वारेन्टीन, आइसोलेसन वा अस्पतालमा पुग्छन् । त्यहाँ उक्त व्यक्तिको कोरोना सम्बन्धित पक्ष मात्र हेरिन्छ । उसको ‘ओभर अल’ स्वास्थ्य अवस्था जाँच गर्ने व्यवस्था गर्नुपर्दछ ।

– ब्लड प्रेसर, सुगर, युरिक एसिड, उच्च कोलेस्टेरोल, दम, थाइराइड डिस्अर्डर, मुटुको समस्या, बाथ, किड्नी र लिभर र न्युरो प्रब्लम, क्यान्सर आदि विभिन्न रोगका औषधि छुटेमा हार्ट अट्याक, किड्नी फेल, मष्तिस्कघात लगायतका आकस्मिकताको कारण बिरामीको मृत्यु हुनसक्छ ।

– मानसिक रोगको औषधि खाएर सामान्य अवस्थामा रहेका व्यक्तिको औषधि छुट्यो भने अकल्पनीय मनोदशा हुन्छ । उनीहरूले आत्महत्या गर्न सक्छन् ।

– हाम्रा क्वारेन्टाइनमा भएका मृत्यु, आइसोलेसन वा अस्पतालमा भएका मृत्यु तथा बढ्दो आत्महत्याको कारण कतै औषधिको उपलब्धता नभएर त हैन ?

– क्वारेन्टाइन, आइसोलेसन तथा अस्पतालमा मनोपरामर्श सेवा, परिवारसँग फोन तथा भिडियोमा कुरा गर्ने सुविधा तथा आत्मबल बढाउने उपाय अनिवार्य गर्नु जरुरी छ ।

– संक्रमण भएका कुनै पनि उमेरका व्यक्तिलाई इम्युनोकम्प्रोमाइज्ड अवस्था हुनसक्छ । त्यसको परीक्षण नगरिएको हुनसक्छ । जसले गर्दा बालबालिकादेखि सबै वर्गका व्यक्ति जोखिममा रहन सक्छन् । यस्ता समस्या परीक्षण गर्नु जरुरी छ । यसले खास गरेर बालबालिका तथा युवाको मृत्युदर न्यूनीकरण गर्न सकिन्छ ।

– यी दीर्घरोग तथा अवस्थालाई सम्बन्धित बिशेषज्ञबाट जाँच तथा उपचार गर्ने व्यवस्था मिलाउनु पर्दछ ।

कोभिड–१९ को उपचार गर्दा अन्य उपचारलाई सँगसँगै एकीकृत ढंगले गर्नु जरुरी छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ६ : १२ बजे

आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

अहमदाबाद – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२औँ

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी

काठमाडौं– मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट

लगातार तीन दिन सार्वजनिक बिदा : आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ