दाङमा एक युवतीले गरिन् फेसबूक लाइभमा आएर आत्महत्या | Khabarhub Khabarhub

दाङमा एक युवतीले गरिन् फेसबूक लाइभमा आएर आत्महत्या


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दाङकी एक युवतीले फेसबूक लाइभमा आएर झुण्डिएर आत्महत्या गरेकी छिन् । अन्दाजी २३ वर्षीया युवतीले पछ्यौरीले पासो लागाएर आत्महत्या गरेकी हुन् ।

तुल्सीपुर उपमहानगरपालिका–५ रानीजरुवामा बस्दै आएकी अन्दाजी २३ वर्षीया एलिसा गौतमले झुण्डिएर आत्महत्या गरेकी हुन् । बुधवार राति फेसबूक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले ती युवतीले आत्महत्या गरेको पुष्टि गरे ।

युवतीले किन आत्महत्या गरिन् भन्ने खुलेको छैन । मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा राखिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ८ : ५४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र