पुटिनलाई अरू १६ वर्ष सत्तामै रहने बाटो खुला « Khabarhub

पुटिनलाई अरू १६ वर्ष सत्तामै रहने बाटो खुला


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अरू १६ वर्षसम्म सत्तामै रहने बाटो खुला भएको छ ।

पुटिनलाई सन् २०३६ सम्म सत्तामै रहन मिल्ने गरी संविधान संशोधन गर्न गरिएको एउटा चुनावमा  जनताले संशोधनको पक्षमा मतदान गरेपछि पुटिन थप १६ वर्ष पदमै रहिरहन सक्ने भएका हुन्।

संशोधित कानूनमा टेकेर वर्तमान राष्ट्रपति पुटिनको कार्यकाल समाप्तिपछि ६/६ वर्षको अतिरिक्त समय पदमा बसिरहन जनताले चुनावी माध्यमबाट मञ्जुरी दिएका हुन्।

एकसाता लगाएर गरिएको चुनावको ९८ प्रतिशत हाराहारी मतगणना भइसक्दा ७८ प्रतिशतभन्दा बढी जनताले संविधान संसोधनको पक्षमा मतदान गरेको त्यहाँको निर्वाचन आयोगलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

सन् २०२४ मा सकिने हालको कार्यकालपछि पनि राष्ट्रपतीय निर्वाचनमा सहभागी हुने सम्भावनालाई ६७ वर्षीय पुटिनले अस्वीकार गरेका छैनन् । उनी फेरि चुनाव लडेर सन् २०३६ सम्म सत्तामा बसिरहने चर्चा भइरहँदा कानूनी बाटो पनि अब खुला भएको हो ।

सन् १९९९ मा प्रधानमन्त्री भएपश्चात् सन् २००० देखि २००८ सम्मका लागि राष्ट्रपति बनेका पुटिन सन् २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बनेका थिए भने सन् २०१२ यता पुन: राष्ट्रपति भएका थिए ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १ : ३२ बजे

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण

काठमाडौं– पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण पनि