विवाद भएपछि दीपाश्रीले भनिन् – राजेश हमाललाई सुपरस्टार नै होइन भन्ने हैसियत मेरो छैन « Khabarhub

विवाद भएपछि दीपाश्रीले भनिन् – राजेश हमाललाई सुपरस्टार नै होइन भन्ने हैसियत मेरो छैन


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाले केही समयअघि दिएको अभिव्यक्तिलाई लिएर माफी मागेकी छिन् । आफूले दिएको अन्तर्वार्ताको एक अंशका कारण सामाजिक सञ्जालमा विवादित बनेपछि उनले माफी मागेकी हुन् ।

एक अन्तर्वार्ताका क्रममा दीपाश्रीले राजेश हमाल महानायक नभएको बुझिने गरी जवाफ फर्काएकी थिइन् । पत्रकारले हमाललाई महानायक बनाइदिएको उनले बताएकी थिइन् ।

निरौलाको त्यो अन्तर्वार्ता प्रसारण भएपछि सामाजिक सञ्जालमा राजेश हमालका फ्यानले आक्रोश पोखेका थिए ।

निरौलाले उक्त अन्तर्वार्तामा हमाललाई कुनै समयको नायक भएको तर अहिले केही नगरेको भन्दै भारतीय अभिनेता अमिताभ बच्चनको उदाहरण दिएकी थिइन् ।

दीपाश्रीको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनको चर्को विरोध भएको थियो । साथै उनलाई ट्रोल पनि बनाइएको थियो ।

विरोधपछि निरौलाले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै माफी मागेकी हुन् ।

‘मैले चलचित्र क्षेत्रको महानायक भएपछि चलचित्र क्षेत्रमा परेको विषम परिस्थितिमा एउटा अभिभावको भूमिका निर्वाह गरेर, आफूलाई वर्षौंदेखि सहयोग गरेका प्राविधिकहरुलाई परेको पीरमर्कामा सहयोगी किन हुन सक्नुभएन भन्ने आशयले यो विषयमा बोलेकी हुँ,’ निरौलाले भनेकी छिन् ।

उनले राजेश हमाल सुपरस्टार नै होइन भन्ने हैसियत आफ्नो नभएको र कहिल्यै नहुने पनि बताएकी छिन् । ‘मेरो पहिलो चलचित्रको नायक हो उहाँ, उहाँलाई महानायकका रुपमा अस्तिमात्रै पनि मुन्द्रेको कमेडी क्लबमा अत्यन्त सम्मान गरेकै छु,’ निरौलाले स्पष्ट पारेकी छिन् ।

निरौलाले काठमाडौंमा पाउरोटी पनि खान नपाएको समय स्मरण गर्दै अगाडि लेखेकी छिन्, ‘मेरो विगतले नै मलाई घमण्ड गर्ने अनुमति दिँदैन, म यो क्षेत्रमा २० वर्षदेखि छु, टुप्पोबाट पलाएकी पनि छैन, हमाल ज्यू सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहिरहनेछ,’ उनले भनेकी छिन् ।

निरौलाले सामाजिक सञ्जालमार्फत हमालले चलचित्र क्षेत्रको पीडामा मलम लगाउनुपर्ने तर्क गरेकी छिन् । ‘मेरो अभिव्यक्तिले उहाँ सुपरस्टार नै होइन भन्ने बुझिन गएकोमा म सबै हमाल ज्यूका फ्यानहरुसँग माफी माग्दछु,’ उनको भनाइ छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ३ : १६ बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको