म्यानमारको रत्न खानीमा पहिरोले पुरिएर ११३ जनाको मृत्यु | Khabarhub Khabarhub

म्यानमारको रत्न खानीमा पहिरोले पुरिएर ११३ जनाको मृत्यु


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यान्मारको एउटा रत्न खानीमा पहिरोले पुरिएर कम्तीमा ११३ जनाको मृत्यु भएको छ।

म्यानमारको उत्तरी क्षेत्रस्थित कचिन प्रान्तमा भएको उक्त घटनामा अझै धेरै मानिसहरू पुरिएको बीबीसीले जनाएको छ ।

ठूलो वर्षापछि माटो बग्दा उक्त खानीमा बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका मानिसहरूलाई पुरेको र उद्धारका क्रममा ११३ वटा शव फेला पारिएको म्यानमारको आपत्कालीन उद्धार गर्ने निकायले जनाएको छ ।

म्यान्मार जेडको प्रमुख स्रोत हो। तर त्यहाँका खानीहरूमा बारम्बार दुर्घटनाहरू हुने गरेका छन्। गत वर्ष खानीमा भएका दुर्घटनाहरूमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  २ : ०८ बजे

सुहाङलाई जिताउन शिवमाया र महेशको त्यो मिहिनेत

काठमाडौं–इलाममा लामो समयदेखि नेकपा एमालेको पकड छ । यहाँका दुवै

बङ्गलादेशमा अत्याधिक गर्मी, तोडियो ‘रेकर्ड’

ढाका – बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो

सिधाकुराको बाङ्गो प्रकरण : अनुसन्धानको जिम्मा रविलाई

काठमाडौं- न्युज २४ र ग्यालेक्सी फोरके टेलिभिजनमा काम गर्दा वर्तमान

आजका समाचार : श्रमिक दिवसदेखि टी-२० विश्वकप खेल्ने टोली घोषणासम्म

प्रधानमन्त्रीले भने : श्रमिक, मजदुरहरूको न्यूनतम् पारिश्रमिक बढाउँछौँ प्रधानमन्त्री पुष्पकमल

गाजामा युद्धविराम स्थायी हुनुपर्नेमा हमासका अधिकारीको जोड

प्यालेस्टिन – प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि