साम्राज्ञीले लगाएका आरोपको छानबिन गर्न भन्दै भुवनले दिए कलाकार संघमा निवेदन | Khabarhub Khabarhub

साम्राज्ञीले लगाएका आरोपको छानबिन गर्न भन्दै भुवनले दिए कलाकार संघमा निवेदन


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सामाजिक सञ्जालबाट विभिन्न आरोपहरु लगाएको विषयमा छानविन गर्न भन्दै नेपाल चलचित्र कलाकार संघमा निवेदन दिएका छन् ।

उनले आफ्नो चरित्र हत्या हुने किसिमका कुराहरु सामाजिक सञ्जालमार्फत व्यक्त भएको देखिएको भन्दै छानबिन गर्न उजुरी दिएका हुन् ।

केसीले निवेदनमार्फत चलचित्र ‘ड्रिम्स’ का बेला साम्राज्ञीलाई कुनै किसिमको दुर्व्यवहार नगरेको दाबी गरेका छन् । ‘मैले कुनै किसिमको दुर्व्यवहार गरेको छैन, यो कुरा त्यतिखेर काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ,’ केसीले निवेदनमा भनेका छन् ।

तर, साम्राज्ञीले भने भिडियोमार्फत एक निर्माताले ‘घिनलाग्दो व्यवहार’ गरेको आरोप लगाएकी छिन् । साम्राज्ञीले भुवनको नाम भने उक्त भिडियोमा उल्लेख गरेकी छैनिन् ।

भुवनले भए नभएको कुरालाई सामाजिक सञ्जालमा राखी युट्युब लगायत विभिन्न सञ्चारमाध्यममा आफ्नो चरित्र हत्या गरेको र चलचित्र क्षेत्रको नै बदनाम भएको अनभुव गरी त्यस सम्बन्धमा छानविन गरी आम दर्शक र चलचित्र क्षेत्रलाई जानकारी गराइदिन पनि अनुरोध गरेका छन् ।

साथै उनले केही घण्टापहिले सामाजिक सञ्जाल फेसबूकमा एक नोट लेख्दै साम्राज्ञीलाई पुनः झुठा लाञ्छना लगाएमा साइबर क्राइमअन्तर्गत उजुरी दिने बताएका थिए ।

केही दिनदेखि नायिका साम्राज्ञी र अभिनेता भुवन केसीको सामाजिक सञ्जालमार्फत दोहोरी परेको छ । साम्राज्ञीले भुवनलाई इंगित गर्दै आफू ‘दुर्व्यवहार’ मा परेको बताएकी थिइन् । जवाफमा भुवनले ‘जुन थालमा खायो, त्यही थालमा दूलो पार्ने’ भन्दै अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ४ : ४६ बजे

सरकार र मेलम्ची सङ्घर्ष समितिबीच भएको सहमति यस्तो छ 

काठमाडौं– मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या तत्कालका लागि समाधान भएको

नेकपाको बृहत् पार्टी समायोजन कार्यक्रम : भीम रावललाई स्वागत गर्दै प्रचण्ड-माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार पूर्व उपप्रधान तथा

जेनजी आन्दोलनको प्रभाव : हयात होटलका सबै कर्मचारी कटौती

काठमाडौं – जेनजी आन्दोलनपछि सञ्चालनमा आउन नसकेको हयात रिजेन्सी काठमाडौंले

विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा माओवादी केन्द्रसहितको समाजवादी

सोनापुर मिनरलले तिर्यो विद्युत महसुलको पहिलो किस्ता : काटिएको लाइन जोडियो

काठमाडौं – दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रालिले