विहीबार एकैदिन थपिए ४७३ संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित) | Khabarhub Khabarhub

विहीबार एकैदिन थपिए ४७३ संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा विहीबार थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

कहाँ कति थपिए ?

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार विहीबार थप १०९ जना महिला र ३६४ जना पुरुष गरी जम्मा ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म १ हजार ८८३ जना महिला र १२ हजार ६३६ जना पुरुष गरी १४ हजार ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका ३ जना पुरुष र मोरङका ४ जना महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना पुरुष, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका एक महिला र ९ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ४ जना महिला र २६ जना पुरुष, महोत्तरीका एक महिला र १२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अछामका ५ महिला र २६ जना पुरुष, बझाङका ११ जना महिला र २४ जना पुरुष, डोटीका १० महिला र ४८ जना पुरुष, कैलालीका ४० जना महिला र १ सय २५ पुरुष, कंचनपुरका ६ जना महिला र २५ जना पुरुष र खोटाङका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा ललितपुरका एकजना पुरुष, भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका एक महिला र एकजना पुरुष, त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा गरिएको परीक्षणमा बर्दियाका एकजना महिला, भक्तपुरका २ जना पुरुष, दाङका २ जना पुरुष, धादिङका एकजना महिला, दोलखाका एक जना महिला र एकजना पुरुष, गोरखाका एकजना पुरुष, काठमाडौंका १७ जना महिला र ११ जना पुरुष, काभ्रेका एक पुरुष रललितपुरका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मकवनपुरका एकजना महिला,पाल्पाका एकजना महिला, रामेछापका एकजना पुरुष, रुपन्देहीका एकजना पुरुष, सिन्धुलीका एकजना पुरुष, उदयपुरका एकजना महिला,नवलपरासीका एकजना पुरुष, सिन्धुपाल्चोकका एकजना पुरुष, अर्घाखाँचीका २ जना पुरुष र सुनसरीका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै टेकु अस्पतालको प्रयोगशालामा नुवाकोटका एकजना पुरुष, रसुवाका एकजना महिला रसिन्धुपाल्चोकका एक महिला र २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका एकजना पुरुष, पर्वतका २ जना पुरुष, तनहुँका ३ जना पुरुष र स्याङ्जाका २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका एकजना पुरुष, लमजुङका एकजना महिला र १५ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका २ जना पुरुष, स्वास्थ्य सेवा कार्यालय दैलेखमा गरिएको परीक्षणमा दैलेखका ३ जना पुरुष, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालिकोटका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा २ वटा प्रयोगशाला थप भइ हाल २५ वटा प्रयोगशालाहरुमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको डा गौतमले बताए ।

कोरोानाले ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

नेपालमा विहीबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. गौतमका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको हो । शिशूको घर म्याग्दी जिल्ला रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि टिचिङ अस्पतालका कोरोना व्यवस्थापन समिति संयोजक डाक्टर सन्तकुमार दासले अस्पतालमा उपचारत ४६ दिने शिशुको मृत्यु भएको खबरहबलाई जानकारी दिएका थिए ।

३ साता अघि अस्पताल भर्ना भएका उनी जन्मेको ४५ दिनमा मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । हिजो(बुधबार) साँझ ४ बजेतिर उनको मृत्यु भएको थयो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुष, दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिला, चितवन मेडिकल कलेजमा मृत्यु भएका कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुष, ललितपुरको स्टार अस्पतालमा रौतहटका ३० वर्षीय पुरुष र अछामको होम क्वारेन्टिमा बसिरहेको रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुष गरी ३० जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ४ : ४९ बजे

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडौं– यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन

काठमाडौं–  निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा

सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर : देउवा

वीरगञ्ज– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयता कार्यान्वयनपछि

जनप्रगतिशील मञ्च अष्ट्रेलियाको सहयोगमा छात्रवृत्ति वितरण

झापा- नेकपा माओवादी केन्द्रनिकट जनप्रगतिशील मञ्च अस्ट्रेलियाले विपन्न परिवारका छात्रछात्रालाई