काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अनसनरत युवाहरुले उठाएका मागप्रति ऐक्यवद्धता जनाएका छन्।
बिहीबार पाटन कृष्ण मन्दिर पुगेर थापाले युवाहरुले उठाएका मागप्रति आफ्नो समर्थन जनाएका हुन् ।
उनले अनसनरत ‘ई’ लगायत युवाहरुको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै उनीहरुजीवन रक्षा गर्न र उनीहरुका माग पूरा गर्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्- जनसरोकारका मागहरु राखेर अनशन/सत्याग्रहमा बसेका ‘ई’ लगायतका युवाहरुको स्वास्थ्य अवस्था गम्भीर बन्दैछ। युवाहरुको जीवन रक्षामा ध्यान दिन र वार्ताबाट समस्या समाधान गर्न प्रम @kpsharmaoli र सरकारसंग आग्रह गर्दछु।#EnoughIsEnough अभियानमा हाम्रो एक्यबद्धता छ ।
पीसीआर टेस्ट बढाउनुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षाप्रति संवेदनशील रहनुपर्ने लगायतका माग राख्दै उनीहरु केही दिन यता सत्याग्रहमा बसेका छन्।
प्रतिक्रिया