आर्सनललाई १४औँ पटक एफए कपको उपाधि | Khabarhub Khabarhub

आर्सनललाई १४औँ पटक एफए कपको उपाधि


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आर्सनलले १४औँ पटक एफए कप फुटबलको उपाधि जीतेको छ ।

वेम्बलीमा शनिबार राति भएको फाइनल खेलमा पेरिक एम्रकी आबुमियाङको २ गोल मद्दतमा आर्सनलले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गर्दै १४औँ पटक उपाधि जितेको हो ।

१० खेलाडीमा सीमित चेल्सीका लागि क्रिस्टियन पुलिसिचले एक गोल फर्काएका थिए । निकै रोमान्चक र तनावपूर्णसमेत बनेको फाइनल खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै आर्सनलले उपाधि चुमेको हो ।

खेलको पाँचौं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, २८ औं मिनेटमा आबुमियाङले पेनाल्टीमा गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ६७ औं मिनेटमा आबुमियाङले गरेको व्यक्तिगत दोस्रो गोल नै आर्सनलका लागि निर्णायक सावित भयो ।

७३ औं मिनेटमा माटियो कोभासिचले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ५ : ५२ बजे

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर