विश्वभर १ करोड ८० लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर १ करोड ८० लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ८० लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ४६ हजार ५६६ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८० लाख ८ हजार ८४९ पुगेको हो ।

कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । आइतबार बिहानसम्म १ करोड १३ लाख १८ हजार ८५२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् ।

यस्तै एकै दिन ५ हजार ३८६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ८८ हजार ५९१ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ५९८ जनाको मृत्यु भएको छ । २८ लाख ८५ हजार ५६७ जना संक्रमित भएकोमा १७ लाख ४१ हजार ९४८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २१ हजार ३१२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५५ लाख ९८ हजार ३०२ पुगेको छ । त्यसमध्ये २८ लाख ९४ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९८ हजार ७७ जनाको मृत्यु भएको छ । ४३ लाख ७४ हजार १४५ जना संक्रमित भएकोमा ३२ लाख ३७ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४५ हजार ३४५ जनाको मृत्यु भएको छ । ४१ लाख ८२ हजार ४११ जना संक्रमित भएकोमा २८ लाख ३१ हजार ७८८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २० हजार १८ जनाको ज्यान गएको छ भने ९ लाख ४८ हजार ६८७ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख ६ हजार ३२० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २२६ जनाको मृत्यु भएको छ । १९ हजार ६१ जना संक्रमित भएकोमा ११ हजार ८५६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ७ : १९ बजे

बागमती प्रदेश : पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती– चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक

उपमहासचिवमा माओवादी पृष्ठभूमिका लेखराज भट्ट सबैभन्दा अघि

काठमाडौं– एमालेको ११ औँ महाधिवेशनमा उपमहासचिव तर्फ भएको प्रतिस्पर्धामा अद्यावधिक

नेपाल चिकित्सक संघको निर्वाचन : नेतृत्वका लागि त्रिकोणात्मक प्रतिस्पर्धा

काठमाडौं– नेपाल चिकित्सक संघको आगामी नेतृत्व चयनका लागि प्रजातान्त्रिक, प्रगतिशील

उपमहासचिवमा लेखराज पहिलो, योगेश तेस्रो, चौथोमा विष्णु रिमाल

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

एमाले मतपरिणाम अपडेट : पदाधिकारीमा कसले कति मत पाए ?

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत भएको मतदानको मतगणना जारी