कैलाली कञ्चनपुर लगायतका ६ जिल्लामा भारी वर्षा, मंगलबारसम्म सतर्क रहन आह्वान   « Khabarhub

कैलाली कञ्चनपुर लगायतका ६ जिल्लामा भारी वर्षा, मंगलबारसम्म सतर्क रहन आह्वान  


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  देशभर मनसुनी वायुको प्रभावले आज पनि मुलुकका विभिन्न भू-भागमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कैलाली, कञ्चनपुर, सर्लाही, महोत्तरी, धनुषा र सिरहामा भारी वर्षा भएको छ ।

विभागको बाढी सूचना केन्द्रले विहान साढे ६ बजे जारी गरेको सूचनाअनुसार कैलालीफ र कञ्चनपुर आसपासका क्षेत्रमा ३ घण्टासम्म भारी वर्षा भएको छ । ती क्षेत्रका चौधर, सुहेली, सहजपुर, महरा लगायतका खोलामा बाढी आउन सक्ने भएकाले सतर्क रहन आह्वान गरिएको छ ।

सर्लाही, महोत्तरी, धनुषा र सिरहामा पनि ३ घण्टासम्म भारी वर्षा भएकाले लखनदेही खोला, जिम खोला, हार्दि खोला  महाराखोला तथा आसपासका क्षेत्रमा बाढीको जोखिम रहेकाले सतर्क रहन आह्वान गरिएको छ ।

यस्तै आज कोशी,नारायणी,महाकाली, कमला, बागमती, त्रियुगा, तिनाउ, पश्चिम राप्ती, बबईका केही स-साना नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाव पनि आउने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आह्वान गरिएको छ ।

विभागका अनुसार अहिले पनि देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई  स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

विभागले मंगलबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको बुलेटिनमा सोमबार र मंगलबार पनि देशका विभिन्न स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

‘देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाकोसमेत  सम्भावना रहेको छ,’ आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श शीर्षकमा विभागले भनेको छ,’ ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ८ : ०७ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय