बडीगार्ड भन्छन् – सुशान्त बिरामी भएर सुत्थे, रिया घरमा पार्टी गर्थिन् « Khabarhub

बडीगार्ड भन्छन् – सुशान्त बिरामी भएर सुत्थे, रिया घरमा पार्टी गर्थिन्


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतको आत्महत्यापछि नयाँ खुलासा भइरहेका छन् । पछिल्लो हप्ता सुशान्तका पिता केके सिंहले बिहार प्रहरीमा रिया चक्रवर्तीविरुद्ध उजुरी दिएका थिए ।

बिहार प्रहरीले यो घटनाको छानबिन गरिरहेको छ । साथै मुम्बई प्रहरीले पनि सुशान्तको आत्महत्या प्रकरणबारे छानबिन गरिरहेको छ ।

यसैबीच सुशान्तका बडीगार्डले सुशान्त र रियाका बारेमा बोलेका छन् ।

उनले रिपब्लिक टिभीको एक अन्तर्वार्तामा सुशान्त प्रायः बिरामी भएका कारण ओछ्यानमा हुने र रियाले घरमा पार्टी गर्ने गरेको बताएका छन् । जसमा पैसा पनि सुशान्तकै खर्च हुने गरेको थियो ।

‘सुशान्त बिरामी भएर ओछ्यानमा पल्टेका हुन्थे, उता रिया पार्टीमा रमाइलो गरेकी हुन्थिन्,’ उनले भने ।

उक्त पार्टीमा रियाका अलावा उनका पिता र भाइले पनि हिस्सा लिने गरेको उनले अन्तर्वार्तामा उनले बताएका छन् ।

बडीगार्डले रिया आएपछि सुशान्तको जीवनमा परिवर्तन आएको पनि बताएका छन् । उनले सुशान्त औषधि लिएपछि पूरै समय सुत्ने गरेको  बताए ।

‘पछिल्लो समय जब उनी युरोप भ्रमणबाट आएका थिए, उनी बिरामी नै थिए, सधै ओछ्यानमा हुन्थे, जबकि पहिले उनी त्यस्तो थिएनन्,’ उनले भने ।

ती बडीगार्डका अनुसार पहिले उनी निकै एक्टिभ हुने गर्थे । सुशान्तको जीवनमा आएपछि रियाले उनका स्टाफ पनि बदलेकी थिइन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १२ : ४० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने