प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार, परिणाम सकारात्मक « Khabarhub

प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार, परिणाम सकारात्मक


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सुरु भएको छ । कोरोना संक्रमणले गम्भीर अवस्थामा पुुगेका एकजना पुरुषको उपचार प्लाज्मा थेरापी पद्धतिबाट गरिएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत मोरङका ६० वर्षीय एक पुरुषको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको अस्पतालको कोरोना व्यवस्थापन समितिका संयोजक डा. सन्तकुुमार दासले खबरहबलाई बताए । प्लाज्मा थेरापी उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको छ । केही दिनमै उनलाई आइसियुुबाट साधारण शय्यामा सारिने पनि डा दासले बताए ।

‘हाम्रो अस्पतालमा गम्भीर अवस्थाका कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको छ,’ डा दासले भने, ‘उपचार सुरु गरेपछि उहाँको स्वास्थ्यमा निकै सुधार आएको छ ।’

यसरी गरियो प्लाज्मा थेरापी

ती संक्रमित पुरुष यही साउन १० गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । उनलाई कोरोना संक्रमणको गम्भीर प्रकृतिको लक्षण निमोनिया भएको थियो । आइसियुमा राखेर उनको उपचार सुरु त भयो तर पाँच दिनसम्म पनि सुधार भएन ।

उनको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएपछि अस्पतालले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्सँग समन्वय गरी प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने निर्णय ग¥यो । परिषद्का विज्ञहरूले पनि सहमति जनाए । त्यसपछि परिषद्ले कोरोनाको लक्षणबाट मुक्त भएको १४ दिन पुुगेका र कोरोना निको भएका व्यक्तिलाई सम्पर्क गर्‍यो । परिषद्ले यसअघि नै प्लाज्मा दिन चाहनेहरूको नाम संकलन गरिसकेको थियो ।

परिषद्ले कोरोना संक्रमित व्यक्तिलाई प्लाज्मा दिन योग्य एकजना व्यक्तिलाई रगत दिन लगायो । निको भएका कोरोना संक्रमितको रगत निकालेर राता रक्तकोष र प्लेटलेट छुटाएपछि प्लाज्मा निस्किन्छ । त्यसरी प्लाज्मा निकालेर कोरोनाका कारण गम्भीर अवस्थामा पुगेका ती पुरुषलाई दिइयो ।

ती पुरुषमा बिहीबार, साउन १५ गते, प्लाज्मा थेरापी सुरु भयो । डा दासका अनुसार प्लाज्मा थेरापी सुरु गर्नुअघि ती पुरुषमा फोक्सोको दुवै भागमा निमोनिया थियो । आइसियुमा अक्सिजन ६० प्रतिशत दिनुपर्ने अवस्था थियो । प्लाज्मा थेरापी सुरु गरेपछि उनको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।

‘बिहीबार प्लाज्मा थेरापी विधि सुरु गरिएको थियो, आज अक्सिजन २४ देखि २८ प्रतिशत मात्र दिन परेको छ, निमोनिया पनि ७० प्रतिशत सुधार भएको छ,’ डा दासले खबरहबसँग भने, ‘एक–दुुई दिनमा उहाँलाई आइसियुुबाट बाहिर ल्याउन मिल्छ होला ।’

डा. दासले गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधि सहज र उपयोगी हुने बताए ।

‘प्लाज्मा थेरापी विधिबाट उपचार गर्न गाह्रो छैन, तोकिएको मापदण्ड पूरा भएपछि कुनै व्यक्तिलाई प्लाज्मा थेरापी आवश्यक छ भने निको भएका कोरोना संक्रमितको रगत निकालेर रक्तदान गरेजस्तै हो,’ डा. दासले भने, ‘निको भएका संक्रमितको रगत निकालेर त्यसबाट रातो रक्तकोष र प्लेटलेट छुुट्याएर प्लाज्मा दिने हो ।’

डा. दासका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हाल ८ जना कोरोना सक्रमित उपचारत छन् । तीमध्ये २ जना आइसियुमा छन् ।

यो पनि पढौं

कोरोनाको उपचारमा प्लाज्मा थेरापी : निको भएका बिरामीलाई ‘प्लाज्मा’ दिन अनुरोध

प्लाज्मा थेरापी कोरोना संक्रमितका लागि कति प्रभावकारी ? 

कोरोना उपचारमा प्लाज्मा थेरापीको तयारी 

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ६ : ०९ बजे

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल

कांग्रेसका खड्का र एमालेकी शर्मा रिहाइको मागसहित दायर भयो बन्दीप्रत्यक्षीकरण रिट

काठमाडौं– पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का र

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका