अमिताभ बच्चनको कोरोना रिपोर्ट ‘नेगेटिभ’, अस्पतालबाट डिस्चार्ज « Khabarhub

अमिताभ बच्चनको कोरोना रिपोर्ट ‘नेगेटिभ’, अस्पतालबाट डिस्चार्ज


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो कोभिड–१९ (कोरोना भाइरस) रिपोर्ट नेगेटिभ आएको छ ।

कोभिड परीक्षणको नजिता नेगेटिभ आएसँगै उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

कोरोना भाइरस संक्रमण देखिएपछि यी ७७ वर्षीय अभिनेता जुलाई ११ मा अस्पतालमा भर्ना भएका थिए ।

अमिताभका छोरा अभिषेक बच्चनले ट्वीट गर्दै बुबाको पछिल्लो रिपोर्ट नेगेटिभ देखिएको र अस्पतालबाट डिस्चार्ज भएको बताएका छन् ।

‘बुबाको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ र अस्पतालबाट डिस्चार्ज गरिएको, उहाँ अब घरमा आराम गर्नुहुनेछ,’ उनले ट्वीट गर्दै भनेका छन् ।

अभिषेकले बुबाको प्राथना र स्वास्थ्यलाभको कामना गर्ने सबै फ्यानलाई धन्यवाद दिएका छन् ।

२३ दिनअघि अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । पछि परीक्षणका क्रममा उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय र नातिनी आरध्या बच्चनमा कोरोना पोजेटिभ देखिएको थियो ।

ऐश्वर्या र आरध्याको कोरोना रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । अभिषेकमा भने पुनः कोरोना पोजेटिभ देखिएको उनले ट्वीटमार्फत जनाएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ६ : १३ बजे

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री