त्रिविको ताला खोल्न उच्च अदालतको अन्तरिम आदेश « Khabarhub

त्रिविको ताला खोल्न उच्च अदालतको अन्तरिम आदेश


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालयमा गरिएको तालाबन्दी खुलाउन अन्तरिम आदेश दिएको छ ।

न्यायधीश रामबहादुर थापाको इजलासले स्थानीय प्रशासन ऐन २०२८ अनुसार शिक्षण संस्थामा तालाबन्दी जस्ता कुनै पनि अवरोध पुर्‍याउन नहुने भन्दै अन्तरिम आदेश जारी गर्दै साउन २३ गते दुवै पक्षलाई तारेखमा समेत डाकेको छ ।

आदेशमा विश्वविद्यालयको केन्द्रीय कार्यालय, सचिवालयमा तालाबन्दी जस्ता अवरोधजन्य कार्य नगर्नु, नगराउनु, सुचारु रुपमा सञ्चालन गर्न दिनु भनिएको छ ।

अदालतका अनुसार त्रिविका कर्मचारी महेश्वरमान श्रेष्ठले दायर गरेको रिटमा सुनुवाई गर्दै अल्पकालीन समयका लागि अन्तरिम आदेश जारी गरेको हो ।

त्रिविका पदाधिकारीका कार्यालयमा विभिन्‍न माग राखि प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल विद्यार्थी संघले विभिन्‍न समयमा तालाबन्दी गरेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ८ : २६ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको