उदयपुर- उदयपुरको बेलका नगरपालिकाको रामपुर ठोक्सिला बजारस्थित नगरपालिका परिसरमा आज दिउँसो प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
झडपका हुँदा इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका प्रहरी जवान र एक प्रदर्शनकारी घाइते भएका छन् ।
इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका अनुसार बेलका नगरपालिका नेपाली काँग्रेस, संघीय समाजवादी पार्टी र राप्रपाले नगरपालिकाविरुद्ध विरोधसभा गरेका थिए ।
सो कार्यक्रममा सहभागीहरु ठूलो संख्यामा बरगाछी बजार क्षेत्रमा प्रवेश गर्न खोजेपछि झडप भएको हो ।
सो क्षेत्रमा कोरोना सङ्क्रमण व्यापक फैलिएको कारण २५ जना भन्ला बढीलाई एकै ठाउँमा भेला गर्न निषेध गरिएको थयो । उनीहरु ५०० भन्दा बढीको सङ्ख्यामा आएर नगरपालिकाको कार्यालय नै तोडफोड गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ ।
नगरपालिकाभित्र प्रवेश गर्न खोजेपछि सुरक्षामा बसेका प्रहरी र आन्दोलनकारीबीच झडप भएको इलाका प्रहरी कार्यालय रापुरले बताएको छ ।
आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी जवान राजकुमार बुढाथोकीको टाउकोमा गम्भीर चोट लागेको छ ।
प्रदर्शनमा उत्रिएका एकजना घाइते भएको रामपुर ठोक्सिलाका प्रमुख तथा प्रहरी निरीक्षक रामचन्द्र साहले बताए ।
बेलकामा दिनदिनै कोरोना सङ्क्रमण बढ्दै गइरहेको र केही दिनदेखि यता बेलकाको बरगाछी तथा रामपुर बजार क्षेत्रलाई सिल गरेर हिँड्डुल आवतजावतमा रोक लगाइएको भए पनि राजनीतिक दलले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।
प्रतिक्रिया