आज १ हजार नेपाली स्वदेश फर्किए, १८ शव ल्याइयो « Khabarhub

आज १ हजार नेपाली स्वदेश फर्किए, १८ शव ल्याइयो


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न मुलुकमा अलपत्र १ हजार १७२ नेपाली स्वदेश फर्किएका छन् । आज एकै दिन क्वालालम्पुरबाट १४ र दोहाबाट चार गरी १८ शव पनि नेपाल ल्याइएको छ ।

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् ।

नेपाल एयरलाइन्सले दोहाबाट १५० यात्रु र चार शव, क्वालालम्पुरबाट २५२ यात्रु, दुई बच्चा र १४ शव नेपाल ल्याएको छ । सोही एयरलाइन्स थप नेपालीको उद्धारका लागि दुबई र जेदाह प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।

हिमालय एयरलाइन्सले अबुधाबीबाट १५४ यात्रु काठमाडौँ ल्याएको छ । थप नेपाली ल्याउन हिमालयको जहाज अबुधाबी, क्वालालम्पुर र चीनको कुनमिङ उडेको छ ।

त्यस्तै मालिन्दो एयरले क्वालालम्पुरबाट १७० नेपाली काठमाडौँ ल्याएको छ । फ्लाई दुबईले दुबईबाट १५२ यात्रु ल्याएको छ । कतार एयरवेजले दोहाबाट १३९ यात्रु नेपाल ल्याएको छ ।

एयर अरेबियाले सारजाहाबाट १६५ यात्रु काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सोमबार पनि विभिन्न एयरलाइन्सका १० वटा चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ११ : ०३ बजे

कांगेसमा बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि