काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे आज निर्णय हुने, एक हप्ता थप्ने तयारी | Khabarhub Khabarhub

काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे आज निर्णय हुने, एक हप्ता थप्ने तयारी


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाबारे आज निर्णय हुने भएको छ।

कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा थप गर्ने विषयमा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा निषेधाज्ञाको मोडालिटी भने केही परिवर्तन गर्ने विषयमा छलफल भएको थियो ।

‘यसपटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो बनाउने गरी निषेधाज्ञा थप्नेतर्फ छलफल भएको छ । मोडालिटी तय गरेपछि बुधबार थप निर्णय हुन्छ,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले भने ।

पछिल्लो पटक १० भदौमा थपिएको निषेधाज्ञाको समय १७ भदौ (आज) मध्यरातिबाट सकिँदैछ । निषेधाज्ञा एक हप्ता थप्ने तयारीका विषयमा पनि कुराकानी भएको छ ।

होम डेलिभरी र टेकअवे सेवालाई खुला गरिने विषयमा समेत छलफल भएको छ भने निर्माणजन्य कामलाई खुला गरिने सम्भावना छ । सो विषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार गृह मन्त्रालयका अधिकारीसँग छलफल गर्ने कार्यक्रम छ । गृहमा हुने छलफलपछि निर्णय हुनेछ ।

उपत्यकामा कोरोना संक्रमण बढेपछि गत ३ भदौदेखि निषेधाज्ञा जारी गरिएको थियो । सुरुमा एक साताका लागि जारी गरिएको निषेधाज्ञा पछि पुनः एक साता थप गरिएको थियो । पछिल्लो पटक १० भदौमा थपिएको निषेधाज्ञाको समय १७ भदौ (आज) मध्यरातिबाट सकिँदैछ ।

मंगलबार काठमाडौं उपत्यकामा थप ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये काठमाडौंका ३ सय ९३, ललितपुरका ५८ जना र भक्तपुरमा ३० जना छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ५ : ३० बजे

धनुषाका सरकारी कार्यालयहरूद्वारा सेवा सञ्चालन

जनकपुरधाम– धनुषामा रहेका सरकारी कार्यालयहरूले सेवा प्रवाह सुरु गरेका छन्

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

दमौली – तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)

काठमाडौं– सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए