बहिर्गमन भिसाका लागि निवेदन दिन दूतावासको आग्रह « Khabarhub

बहिर्गमन भिसाका लागि निवेदन दिन दूतावासको आग्रह



दोहा : साउदी अरबबाट स्वदेश फर्किन चहाने अकामाको म्याद सकिएका र कम्पनीले हुरुप लगाएका तथा कम्पनी छाडेकाहरुलाई (एक्जिट भिसा)का लागि निवेदन दिन साउदीस्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।

साउदी अरब पुगेपछि नै अकामा नबनाइदिएका, पाँच महिनाभन्दा लामो समदेखि अकामाको म्याद सकिएका र कम्पनीले हुरुप लगाएका तथा कम्पनी छाडेकाहरुले यो समयमा स्वदेश फर्कनका लागि चहाने नेपालीहरुले यो प्रकृयामा भाग लिनको लागि निवेदन दिन सकिन्छ दूतावासले जनाएको छ ।

बहिर्गमन भिसाका लागि निवेदन दिँदा दूतावासमा पासपोर्टमा आफ्नो फोटो रहेको पाना, अकामा( पाँच महिनाभन्दा लामो समयदेखि सकिएको भएमा), अकामा नबनाएको भएमा साउदी जाँदा साउदीको एअरपोर्टमा अध्यागमन काउन्टरमा लेखिएको बोर्डर नम्बर(यस्तो नम्बर अरबी भाषामा पासपोर्टको पानामा लेखिन्छ) कागजपत्र दूतावासमा पेश गर्नुपर्ने जनाएको छ ।

दूतावासका अनुसार यो प्रकृया थालनी भएपछि यसअघि नै ७३८ जना नेपालीले यस्तो भिसा प्राप्त गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ६ : २८ बजे

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको