चट्याङ लागेर ताप्लेजुङमा एक महिलाको मृत्यु, पाँच जना घाइते « Khabarhub

चट्याङ लागेर ताप्लेजुङमा एक महिलाको मृत्यु, पाँच जना घाइते


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङमा मंगलबार साँझ चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

फुङलिङ नगरपालिका १० फुरूम्बुकी दुर्गा भट्टराईको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङले गम्भीर भएकी भट्टराईलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

ताप्लेजुङकै सिरिजंघा गाउँपालिकामा मंगलबारै चट्याङ लागेर पाँचजना घाइते भएका छन्।

सिरिजंघा ४ तेल्लोकमा दुईजना र वडा नम्बर ५ पेदाङमा तीनजना घाइते भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। तेल्लोकका ३५ वर्षीय कुमार थेबे, १७ वर्षीय उमेश थेबे, पेदाङका ५० वर्षीय अर्थमान मावो, उनकी पत्नी ४९ वर्षीया नरमाया मावो र ६ वर्षीय छोरा अतिप मावो चट्याङ लागेर घाइते भएका हुन्।

घाइते सबैको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ६ : ५८ बजे

इरानले लडाकु विमान खसालेको अमेरिकाले गर्‍यो पुष्टि

काठमाडौं- इरानले अमेरिकी लडाकु विमान खसालेको छ । एक अमेरिकी

ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

वासिङ्टन – ह्वाइट हाउसले शुक्रबार अर्को वर्ष १.५ ट्रिलियन डलरको

सेना र कर्मचारी फकाउँदै एमालेले भन्यो- सम्बन्ध ‘पूर्ववत् मित्रवत्’ छ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले

‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था मिलाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार बोर्डले ‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था

एमालेले प्रधानमन्त्री वालेन्द्रलाई बधाई दिँदै भन्यो : हामी जनमतको सम्मान गर्छौँ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले