केवटको नेपालमै मर्ने इच्छा पूरा भएन « Khabarhub

केवटको नेपालमै मर्ने इच्छा पूरा भएन



दोहा- संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपालीको मृत्यु भएको छ। नेपालमै अन्तिम सास फेर्ने धोको रहेका रुपन्देहीका क्यान्सर पीडित रामसजीवन केवटको मृत्यु भएको हो ।

विगत ६ महिनादेखि फोक्सोमा क्यान्सर भएर उपचाररत सजीवनको यूएईको अलऐनस्थित तवाम अस्पतालमा मृत्यु भएको हो । उनलाई विगत तीन महिनादेखि क्याम्ब्रिज मेडिकल तथा रिहाबेसन सेन्टरमा राखिएको थियो।

फोक्सोमा क्यान्सर भएका उनी निको हुन नसक्ने अवस्थामा पुगेको अस्पतालले यसअघि नै बताएको थियो ।  दुई वर्ष पहिले वैदेशिक रोजगारीको सिलसिलामा उनी यूएई पुगेका थिए ।

गत अगष्ट १७ तारिख नेपाल फर्किने तयारीमा रहेका उनी नेपाल सरकारको अपरिपक्व निर्णयको कारण यूएई पुगेको नेपाल एयरलाईन्सको उडान अन्तिम समयमा आएर रद्द हुँदा नेपाल फर्कन पाएका थिएनन् ।

उनलाई नेपाल पुगेर छोराछोरी तथा घरपरिवार भेट्ने ठूलो धोको थियो । मरे पनि नेपालमै मर्ने उनको इच्छा पूरा भएन ।

एनआरएन यूएईको पहलमा उनी १७ तारिकमा नेपाल फर्कँन तयार थिए । तर सरकारले जहाज रित्तो फर्काउँदा उनको अन्तिम इच्छा पनि पूरा भएन । अन्ततः यूएईमै प्राण त्यागे ।

रामसजीवन जस्तै अरुले पनि यसरी घरपरिवार भेट्ने इच्छा हुँदाहुँदै विदेशमै प्राण त्याग गर्ने दिन नआहोस्, आफ्नो जन्मभूमि फर्किन चहाने सबैलाई समयमै उद्धार गर्नमा कुनै पनि कसर बाँकी नराख्न प्रवासी नेपालीले नेपाल सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ८ : ०० बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री