बाराका ९७ वर्षीय संक्रमितको मृत्यु « Khabarhub

बाराका ९७ वर्षीय संक्रमितको मृत्यु


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- वीरगंजमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–९ बसबरियाका ९७ वर्षीय वृद्धको नारायणी अस्पतालले सञ्चालन गरेको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

भदौ १४ गते संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।

उपचारका लागि तराई हस्पिटल भर्ना भएका उनको १२ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा १४ गते संक्रमण पुष्टि भएसँगै गण्डक कोभिड अस्पतालमा रेफर गरिएको थियो।

दम र मुटु रोगी समेत रहेका संक्रमितको श्वासप्रश्वासमा समस्या आएपछि उनको मृत्यु भएको डाक्टर चौरसियाले जानकारी दिए।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १० : ३० बजे

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम