भारतका लागि चीनसँगको युद्ध पहिलेको भन्दा घातक  :  ग्लोवल टाइम्स « Khabarhub

भारतका लागि चीनसँगको युद्ध पहिलेको भन्दा घातक  :  ग्लोवल टाइम्स


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतका लागि चीनसँगको युद्ध सन् १९६२ को भन्दा घातक हुने चेतावनी चीनले दिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको मुख पत्र ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा अमेरिकासँगको सहकार्यमा चीनलाई हराउने भ्रम भए त्यसलाई समेत हटाउन चेतावनी उसले दिएको छ ।

‘भारत भन्दा धेरै गुणा शक्तिशाली चीनसँग सामना गर्न आएमा भारत टिक्नेवाला छैन, अमेरिकासँग गठबन्धन गरेर भए पनि चीनको सामना गर्न सक्छु भन्ने लागेको भए भारतले त्यो भ्रम पनि तोड्न जरूरी छ,’ ग्लोबल टाइम्सले सम्पादकीयमा लेखेको छ ।

पूर्वी लद्दाखको प्याङ्गोङ तालको दक्षिण किनारमा दुई देशका सेनाबीच शनिबार झडप भएपछि चिनियाँ मुखपत्र ग्लोबल टाइम्सले सम्पादकीयमार्फत चिनियाँ पक्षको धारणा सार्वजनिक गरेको हो ।

भारतले सैन्य भिडन्त चाहेमा चीनको पिपुल्स लिबरेशन आर्मीले भारतीय सैनिकलाई सन् १९६२ को भन्दा कयौँ गुणा बढी नोक्सानी पुर्‍याउने पनि उक्त सम्पादकीयमा उल्लेख छ ।

गएको हप्ता ग्लोबल टाइम्सले एक सर्वेक्षणलाई उद्धृत गरी ९० प्रतिशत चिनियाँ भारतविरुद्ध कारवाहीको पक्षमा रहेको उल्लेख गरेको थियो । सन् १९६२ मा चीनसँग भएको युद्धमा भारत पराजित भएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ५ : १३ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल