यी हुन् कोरोना संक्रमणमुक्त बनेका नेपालका ७ जिल्ला « Khabarhub

यी हुन् कोरोना संक्रमणमुक्त बनेका नेपालका ७ जिल्ला


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ७७ जिल्ला मध्ये ७ जिल्ला कोरोना संक्रमणमुक्त बनेको जानकारी दिएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालका ७ जिल्लामा सबै कोरोना संक्रमितहरु निको भएको जानकारी दिएका हुन् ।

हालसम्म कोरोना संक्रमित शून्य हुने जिल्लाहरुमा मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, सोलुखुम्बु, भोजपुर र ताप्लेजुङ रहेका छन् ।

नेपालमा बुधबार थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ६४९ पुगेको छ ।

त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २५१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा  कोरोना संक्रमणमुक्त हुनेको संख्या २३ हजार २९० पुगेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ५ : २६ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष